लेखक लालबहादुर खत्री दाहालद्वारा लिखित कृति “सौराई लागि राइसुवाकी” ( न्याउल्या काव्य ) प्रकाशक मध्यपश्चिमाञ्चल साहित्य परिषद काठमाडौं २०५१, पहिलो संस्करण २०५३ भर्खरै हातमा पाएपछि सरसर्ति अध्ययन गर्ने मौका पाएँ। खासगरी कर्णाली अञ्चल र दैलेखलाई समेटी लेखिएको पुस्तक प्रकाशन गरि सबैलाई पढ्ने बुझ्ने मौका दिनु भएकोमा लेखकलाई बधाई तथा आगामी लेखनकार्य गुणस्तरीय हुँदै जावस् भन्ने शुभकामना समेत दिन चाहन्छु ।
विशेष प्राथमिकतामा राखि स्वर्गीय प्राज्ञ रत्नाकर देवकोटाको जन्मथलो जुम्ला जिल्ला चन्दननाथ गा. बि. स. हाल चन्दननाथ नगरपालिका वडा नं १ तलिचौर गाउँ गई उहाँ समेत लाई सम्झि सौराई लागि लेख्नु भएको रहेछ खुसि लाग्यो ।
यस कृतिभित्र राम्रा पक्ष पनि समेट्दै बिकिर्ति, बिसंगति लगायत अनेकन बिकासका समस्या , स्थानीय मानिसको कष्टकर जीवनचर्याको उजागर गरिएको छ भने कतिपयमा भाषा, सँस्कृति, चालचलन, सँस्कार र सभ्यताका पक्षमा भावनामा बगि यस किसिमको लेखनिले आम मानिसको हृदय र इज्जत माथि चोट पुर्याएको पाइयो ।
पुस्तक अध्ययन गर्दै जाँदा केही बिषयमा टिप्पणी गर्न मन लाग्यो ।
१ लोक काव्य लेखनको नियम के हो, कसरी लेखिन्छ त्यो नियम नै लेख्न सक्नु भएको छैन । भावि पुस्तालाई बुझ्न नियम चाहिन्छ त्यो आधार उनको काब्यमा उल्लेख छैन ।
२ महाकवि लक्ष्मीप्रसाद देवकोटाले एउटा बिषयबस्तुको उठान गरि त्यसै बिषयबाट बैठान अर्थात क्रमबद्वता नछुटाई लेखनिलाई बिट मारेका छन् । जो सुकैले लय हालेर गाउन सक्छन् । “सौराई” न्याउल्या काब्यमा अक्षरहरुको मात्रा कहिँ घटी र कहिँ बढि पारेका छन् भने लेखकले बिभिन्न बिषयमा लेखी अलिकति बिषय उठान गरि बिचैमा छोडेका छन् ।
३.यस “सौराई”…..लोक काब्यमा जे जति देउडा न्याउल्या लोककाब्य सिर्जना गरिएका छन् त्यसको स्रोत उल्लेख गर्नु भएको छैन ।
४.कसैबाट रचना गरिएका हुन् या कुनै कृतिमा कसैले लेखी सँकलन गरिएका हुन् या अज्ञात ब्याक्तिद्वारा सुन्न गई सँकलन गरिएका हुन् या आफुद्वारा रचित र सृजित हुन् सो खुलेको स्पस्ट देखिदैन । लेखकको मन्तब्य अनुसार आफैले सृजना गरेको भन्ने झल्केबाट जसरी बनपाखामा जाँदा सामान्य मानिसले गित रच्दछन् जुन मिठासपन पाईन्छ त्यो पन लेखकको लेखनिमा पाईदैन ।
५. लोककाब्यको शिर्षक दिन खोजेपनि खास बिषय उल्लेख गरिएका छैनन् । पाठकले कसरी बिधा छुट्याउने त्यो गाह्रो
छ ।
६. न्याउल्या गित काब्यमा स्वर्गीय रत्नाकर देवकोटाले अध्ययन गरेर नियम बनाउनु भएको छ, जस्तो
एउटा गितका दुईटा पंक्ति हुन्छन्, पहिलो पंक्तिमा १४ अक्षर र दोर्षो पंक्तिमा पनि १४ अक्षर हुन्छन् , जम्मा २८ अक्षर हुन्छन्। पहिलो पंक्तिले खास अर्थ दिदैन त्यो अपुरो हुन्छ , दोर्षो पंक्तिले खास अर्थ दिन्छ त्यसले भनाई पुर्ण गर्दछ ।
जस्तै :
छ मैन्हा जागिरी खायाँ, काला कुरतैले
दैया मर्यो आफ्नै काल् ले, म मर्याँ सुर्तैले ।
यस लोकगितमा पहिलो पंक्तिको भनाई अपुर्ण छ, दोर्षो पंक्तिले अर्थ पुर्ण गरेको छ ।
लोकगितको पहिलो पँक्तिको पहिलो पाउमा ८ अक्षर र दोर्षो पाउमा ६ अक्षर हुन्छन् । आठ अक्षर देखि बढि भएका अक्षर कि त आधा अक्षरका कि त खुट्टा काटिएका कि त ह्रस्व उच्चारण हुने हुन्छन् साथै अ, ई , स्ह: ( स) म्ह: ( म) ल्ह: ( ल) आदि जोडिएका हुन्छ्न् । सोको उच्चारणमा भर पर्छ कुनै कुनै अपवाद अक्षरको खुट्टा नकाटेपनि उच्चारण अाधा अक्षर आई त्यसैले मिठासपन दिन्छ ।
७. लेखकको लेखनिमा कर्णाली र दैलेखका न्याउल्या गित भनेर यहाँका न्याउल्या गितलाई नियम बिपरित लेख्नु भएको
छ । स्थानीय जन जिब्रोमा आधारित भाषामा जस्ताको तस्तै नलेखि केही सच्याउने काम भएको छ, केही आधुनिकता दिई लेखिदा लेखक आलोचनाबाट मुक्त हुने अवस्थामा छैनन् । यसबाट उहाँ आलोचित हुनुका साथै मध्यपश्चिम र सुदुरपश्चिमका
भाषा तथा साहित्य आलोचित हुने अवस्थामा पुर्याउनु भएको छ ।
कहिँ ठेट झर्रो खस भाषामा छन् भने कहिँ परिस्कृत भएका छन्
८. साहित्यकार श्यामल ज्यूले आफ्नो मन्तब्यमा टिप्पणी गरि सक्नु भएको छ । जस्तो – ” यसमा लोकका लागि असहज हुने प्रकारका केहि आधुनिक तर गैर लोक शब्दहरु पनि परेका छन् र तिनले भाकाको मूल स्वरुप र ध्वनीलाई प्रभावित गरेका पनि छन् । “
९. कतिपय गितको छन्द बिगार्नु भएको छ भने कतिपय आधुनिक भाषामा लेख्नु भएको छ । कतिपय लेख्नै नहुने भाषा लेखी स्थानिय ठाउँ र महिला तथा चेलीबेटीको बेईज्जत गर्नु भएको छ । लेखकले कुनै गितमा माफि माग्नु पर्ने अवस्था देखिएकोछ , कहिँ माफि मागेर पनि माफि दिन सकिने अवस्था छैन ।
जस्तै: पृष्ठ ८३, शीर्षक “भेदभाव” पहिलो पाउका चारवटा पंक्तिहरु-
बुहारी जाउ दाउरा घाँस, छोरी बाइजाउ क्याम्पस
मायाप्रीति मोहजाल, गर्छिन् ट्याम्पास
कैकन को टेर्न्या थिया, सबै महाठालु
गाउँघरका चेलीबेटी , भैसक्याछन् चालु ।
यसमा पहिलो पाउमा आधा अक्षर बाहेक १९ अक्षर छन्
तल्लो पंक्तिमा पहिलो पाउ पछि दोर्षो पाउमा अाधा अक्षर बाहेक सात अक्षर छन् ।
यस्तै दोर्षो पंक्तिको दोर्षो पाउमा पनि ट्याम्पास भनेर जुम्लाकी छोरी चेलिबेटी पढ्ने होइनन् कि मायाप्रिति लाउनलाई मात्र क्याम्पस आउने गर्छन्, नपढ्ने समयमात्रै बर्वाद पार्ने कुनै काम छैन भनेर जुम्लाकी चेलिबेटीको, जुम्लीको र सारमा जुम्लाकै धज्जी उडाएर केही चिप्ला मसिना मिठा कुरा लेखेर जुम्ली जनता एवं कर्णाली बासिबाट माया पाउन खोजेका छन् । तपाईले माफि मागेपनि यो कृति सार्वजनिक गर्न लायक छैन ।
यस्तै चौथो पंक्तिमा गाउँघरका चेलीबेटी , भैसक्याछन् चालुु ।
यो चौथो पंक्तिमा लेखकले गाउँघरका चेलीबेटीलाई “भैसक्याछन् चालू ” भनेर के भन्न खोजेका हुन् ? जुम्लाकी चेलीबेटीको ईज्जत प्रतिष्ठा माथि गंभिर प्रश्न उठाईएको छ, गंभिर सवाल उठाईएको छ, चालुको अर्थ के ? यहाँको मानिसको नजरमा असभ्य र अशिष्ट मानिन्छ । चालुको अर्थ सभ्य र ईज्जतदार मानिदैन । यस शब्द र पँक्तिका कारण माफि नमागेसम्म र माफि नदिएसम्म लेखकमाथि गंभिर प्रश्न उठिरहनेछन् ।
यो “भेदभाव” मा जुम्लि नरनारी युवालाई चौतर्फी रुपमा गिज्याएर होच्याएर ठाडो उठ्न नसक्ने बनाएका छन् । यहाँका युवाले टाइ बाँधेर पश्चिमा गोराहरुको नक्कल गरेका छन् भनि लेखेका छन् । नत चेलिबेटी लाई राम्रो मानेका छन् नत युवालाई ।
सासू बुहारीको भूमिका र यथार्ताको चित्रण गर्न खोजेपनि जुम्लामाथि मात्र एकोहोरो पुर्वाग्रही बनेका छन् लेखक ।
बाँकी क्रमशः
“प्रशान्त” नेपालगन्ज