Date
मङ्ल, पुस १५, २०८२
Tue, December 30, 2025
घर ब्लग पृष्ठ 2

मानव तस्करलाई अनुकूल हुने गरी किन श्रम स्वीकृति किन दिईयो

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले श्रम मन्त्रालयले रुसको श्रम स्वीकृति दिएकोमा प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले मानव तस्करलाई अनुकूल हुने गरी किन श्रम स्वीकृति दिइएको आरोप लगाए ।

‘यतिबेला श्रम मन्त्रालये श्रम स्वीकृति किन दियो ?,’ उनको प्रश्न छ, ‘मानव तस्करलाई अनुकूल हुने गरी किन दियो ? यसभित्र गम्भीर स्वार्थ लुकेको देखेका छौँ ।’ यस्तै उनले रुसी सेनामा रहेका नेपालीहरुको उद्दारमा सरकारले पहल नगरेको बताए । रुसी सेनामा कति संख्यामा नेपाली छन् भन्ने समेत सरकारलाई थाहा नभएको उनको भनाइ छ ।

‘नेपालीहरु रुसी सेनामा छन् भन्ने सरकारलाई थाहा छ । तर कति संख्यामा छन् ? उनको अवस्था के छ ? आफन्तहरु कसरी बासिरहेका छन् भन्नेमा सरकार बेखबर छ,’ उनले भने, ‘बेखबर मात्र होइन, सरकारले खोजी गर्ने चेष्टा नै गरेको
छैन । पीडित परिवार र उनीहरुसँग काम गरको स्वयंसेवीहरुसँग रुसी सेनामा ७ सय भन्दा बढी नेपाली रहेको तथ्यांक रहेको सुनाए ।

‘कम्तीमा पनि ७०० नेपाली छन्, ४० जना मरेका छन् । लास आउन नसकेर कुसको प्रतीक बनाएर किरिया गरिएको छ । ११७ घाइते छन् । ३०० बेपत्ता छन् । थुप्रै देश फर्किन फाराम भरेर बसेका छन्,’ उनले भने, ‘सरकार उद्धार गर्न परै जाओस्, यकिन तथ्यांक पत्ता लगाउन कोसिस छैन । युक्रेनमा पनि बन्दी बनेको सार्वजनिक गरिएको छ । नेपालको परराष्ट्र मन्त्रालय र यसको संयन्त्रले के गरेको छ ?,’

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले मिलाएको समयमा रुसी समकक्षीसँग वार्ता गर्ने बाहेक केही नगरेको पौडेलको आरोप छ । पौडेलले भने, ‘सरकारले गर्न सक्दैन भने मानवअधिकारवादी संस्था, रेडक्रस, राष्ट्रसंघलाई आग्रह गर्न सक्छ । नेपाली ल्याउन सरकारको जुन ढंगको पहल हुनुपर्ने हो, त्यो भएको छैन ।’

सरकारले पीडामाथि पीडा थप्ने काम मात्र गरेको उनले बताए । रुसमा मृत्यु भएकाहरुको पहिचानका लागि रुसले आफन्तको डीएनए परीक्षण गर्न आग्रह गरेपछि सरकारले आफन्तलाई काठमाडौं बोलाउँदा समेत अपराधीलाई जस्तो व्यवहार गरेको उनको दाबी छ । ‘एउटा अपराधीलाई बोलाएको जसरी काठमाडौँ बोलाउँछ, दशौं ठाउँमा जानुपर्छ,’ यसले पीडित झन् पीडित भएको उनले बताए ।

खस भाषामा गजल

मार्सी यार्सा टिमुर फल्या
गडो छ हाम्मा गाउँमा

देशकन नाम चिनाउन्या
चडो छ हाम्मा गाउँमा

आफ्ना गडा बाझा राखी उदै बाइजादो छ
तराई हरियो गर्न्या छहडो छ हाम्मा गाउँमा

कागुनो र चिनु फल्लो फापर अनि कोद्य्या
गहुँ जौ मकै झनै फल्या धडो छ हाम्मा

गाउँमा हेर्या पछी सुख्खा लाग्दा ती पहाडका ढुङ्गा
सिलाजित टप्लका चुइन्या पहडो छ हाम्मा गाउँमा

साठी नाघ्या एकसट्ठीका गाउँका बुढापाका
अझै पनि कुन्टल बोक्न्या तडो छ हाम्मा गाउँमा

-दिर्घ बहादुर शाही “कवि”

म श्वेत पन्ना हुँ !!

तिमिलाई चाहेको चित्र कोर्न  सक्छौ,
तिम्रा बलवान् हातहरुले सजिलै
कच्याक कुचुक पार्न सक्छौ,
जीवन देखि हारेका बखत तिक्तता
पोख्न सक्छौ,
जितको उत्सबमा चँगा बनाई उडाउन सक्छौ।।

थाहा छ तर तिम्रो हात र मेरो श्वेत पन्ना बिच
पनि एउटा सिमा रेखा छ,
तिम्रा पैसाले किनेर तिमिले मलाई जन्माइ
आफ्नो बनायौ भन्दैमा तिमिले सकुन्जेल
प्रहार गर्न सक्दैनौ !!
मलाई जित्नुछ भने कलम बनेर आउ,
अनि मसिले प्रेमको भासा कोर,
अनि निर्धक्क भइ आफ्ना भावना राख्न सक्छौ,
अन्यथा,
तिमिले आफ्नो बनाएर पोखेका
अभिसापहरु को समग्र हिसाब हुनेछ,
किनकी तिम्रो सामिप्यमा आउदैमा तिमिले
मेरो अस्तित्व बनाएको हुँदैन ,
निर्माण कर्ता ईश्वरको समेत साथी बन्नु छ
भने प्रण गर कि मलाई प्रेमको भासा व्यक्त
गरेर अपनाउने !!
हो म श्याम श्वेत पन्ना हुँ,
यसमा सजिलै लेखिन्छन,
जिवनका घाउहरु,
यसमा सजिलै देखिन्छन इन्द्रेणी रंगहरु,
यसमा जिवन्त बन्छन इतिहासहरु,
यसले गन्तव्य दिन्छन  सद्भावका युक्तिहरु,
तै पनि खराब आकृती कोर्ने चेस्टा राख्यौ भने
छर्लङ्ग हुन्छन तिम्रा दुष्ट मनोभावहरु ।।

-सुशिला शर्मा

गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” सार्वजनिक

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने उहाँले बताउनुभयो ।

गीतको भिडियोमा लोमस शर्मा र  अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केशीद्वारा निर्देशित भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ ।

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

काठमाडौं । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको छ । सेलिङका नयाँ पुस्तक ‘‘सेप्म्माङलक’’ र ‘आयोमा दर्पण’ शनिबार साहित्यिक जमघटका बिच विमोचन गरिएको हो ।

शिक्षाको निम्ति आफ्नो जीवनको आधा उमेर सुम्पिएका श्री गुप्तेश्वर मावि याङ्वरक ३, ओयामका पूर्व प्र.अ. श्री भिम कुमार सेलिङको ‘शिक्षामा चौवालीस बर्ष’ पुस्तक केही बर्ष अगाडि प्रकाशित गरिसकेका छन् ।

त्यसैगरि आफ्नो कलमलाई निरन्तरता दिंदै पुन ओयाम दर्पण कृति र साथमा उनकै छोरी लेखिका, समाजसेवि, गीतकार अन्य धेरै विधानमा आफ्नो कार्यकौशल प्रस्तुत गर्दै आएकी लीला सेलिङ माबोको कविताकृति सेप्माङ्लक को संयुक्त रुपमा बिमोचन गरिएको हो ।

उक्त कृतिको हिजो आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वकुलपति तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ ले विमोचन गरेका हुन् ।आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही अन्यपुस्तकहरुपनि बजारमा ल्याईसकेकी छन् ।

‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छन् ।

अस्कलमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप

१९ चैत, काठमाडौं । लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)मा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ ।

आइतबार साँझ भएको झडपमा क्रान्तिकारीमा आबद्ध दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेहरुमा अखिल क्रान्तिकारी अस्कल क्याम्पसका इकाइ कमिटी अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा छन् । उनीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

भण्डारीको मुख र नाकमा चोट लागेको छ । शर्माको बाँया हातको बुढी औंलामा चोट लागेको छ ।

उनीहरुमाथि कुटपिट गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी नियन्त्रणमा रहनेहरुमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइ कमिटी अध्यक्ष पंकज पाण्डे र अस्कल इकाइ कमिटीका सदस्य गणेश शाही छन् । शाही जुम्लाका हुन् भने पाण्डे कन्चनपुरका हुन् । उनीहरु दुवै जना क्याम्पसकै होस्टलमा बस्दै आएका थिए ।

आइतबार साँझ भलिबल खेल्ने क्रममा विवाद हुँदा उनीहरुबीच झडप भएको प्रहरीले जनाएको छ ।

कुटपिट गरेको आरोप लागेका एक व्यक्ति भने फरार छन् । फरार हुनेमा खेम सिंह रहेको पाइएको छ ।

सुर्खेत–कालिकोट उडान सुचारु, भाडादर कम हुनुपर्छ : अध्यक्ष विष्ट

लामो प्रतिक्षापछि सुर्खेत–कालिकोट हवाई उडान सुचारु हुने भएको छ । प्रत्येक हप्ताको सोमबार नियमित हुनेगरी नेपाल वायुसेवा निगमले उडान भर्ने भएको छ । नरहरिनाथ गाउँपालिकाको कोटबाडा सुनथराली यएरपोर्टमा गत फागुन १४ गते तारा यएरबाट पूर्वउप्रधानमन्त्री पूर्णबहादुर खड्का र पूर्वसंस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले सुनथराली यएरपोर्टको उद्घाटन गरेका थिए । त्यसपछि केही समय स्थगित भएको हवाई्र उडान नरहरिनाथ गापा का अध्यक्ष नगेन्द्रबहादुर विष्टको नेतृत्वमा भएको डेलिगेशन पछि हप्तामा एकदिन उडान भर्न नेपाल वायु सेवा निगम तयार भएको अध्यक्ष विष्टले तपाईका कुरा डटकमलाई बताए ।

उडान हुने भएपछि भाडादरका बारेमा नागरिक उड्डयन प्राधिकरण र नेवानिसँग वार्ता गरेको कुरा पनि अध्यक्ष विष्टले
बताए । सुर्खेत-जुम्ला प्रत्येक व्यक्ति ४६०० छ भने कालिकोटलाई नेवानिले ५५०० भाडादर कायम गरेको छ । तर जुम्ला भन्दा कालिकोटको दुरी छोटो भएकोले प्रत्येक व्यक्ति ४२०० भाडा हुनुपर्ने अध्यक्ष विष्टको माग छ । उनी भन्छन्, यस बारेमा म सम्बन्धित निकायसँग वार्ता गरिरहेको छु । सायद हाम्रो मागको सम्बोधन होला ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमितिमा महाधिवेशन कार्यतालिका पेश

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय कार्यसमितिमा महाधिवेशन कार्यतालिका पेश गरेका छन् ।

बिहीबार पार्टी कार्यालय, सानेपामा थापाले पेश गरेको संगठनात्मक प्रस्तावमा २०८२ मंसिरभित्र १५औं महाधिवेशन गरिसक्ने गरी कार्यतालिका समेत समावेश गरिएको छ ।

२०७८ मंसिरमा भएको १४औं महाधिवेशनले चुनेको कार्यसमितिको चार वर्षे कार्यकाल २०८२ मंसिरसम्म छ । त्यस अवधिमा १५औं महाधिवेशन गर्नुपर्ने भन्दै महामन्त्री थापाले कार्यतालिका अघि सारेका छन्, जसअनुसार २०८१ असोजमा विधान महाधिवेशन हुनेछ ।

त्यसअघि २०८१ साउनसम्म १५औं महाधिवेशनबाट लागू गर्ने गरी विधानमा गर्नुपर्ने संशोधनबारे पार्टीको सबै तहबाट सुझाव संकलन र छलफल गर्ने प्रस्तावित कार्यतालिका छ ।

महामन्त्री थापाले २०८१ मंसिर १५ भित्र वडा अधिवेशन, मंसिर मसान्तभित्र गाउँ, नगर अधिवेशन गर्ने प्रस्ताव गरेका छन् । २०८२ भदौ मसान्तभित्र प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि टुंगो लगाउने कार्यतालिका छ ।

२०८२ असोज मसान्तभित्र जिल्ला, कात्तिक मसान्तभित्र प्रदेश र २०८२ मंसिर मसान्तभित्र केन्द्रीय महाधिवेशन गर्नुपर्ने महामन्त्री थापाको संगठनात्मक प्रस्तावमा उल्लेख छ ।

विद्युतीय अपराधसम्बन्धी मुद्दामा कञ्चनपुर प्रहरीले पक्राउ गरेका दुई जना पत्रकार छुटे

३ फागुन, धनगढी । विद्युतीय अपराधसम्बन्धी मुद्दामा कञ्चनपुर प्रहरीले पक्राउ गरेका दुई जना पत्रकार छुटेका छन् ।

माउन्टेन टेलिभिजनमा कार्यरत पुष्कर भट्ट र आभाष कुञ्ज दैनिकमा कार्यरत ऐश्वर्या कुँवरलाई प्रहरीले बुधबार राति थुनामुक्त गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले दुवै जनालाई अनुसन्धानका क्रममा बोलाएका बेला हाजिर हुने गरी आफन्तको जिम्मा लगाइएको जानकारी दिए । ‘उहाँहरुलाई अनुसन्धानका क्रममा बोलाएका बखत हाजिर हुने गरी अनुसन्धान अधिकृतले आफन्तको जिम्मा लगाउनुभएको हो,’ प्रहरी निरीक्षक चन्दले भने ।

पत्रकार भट्ट र कुँवरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्र हत्या गरेको भन्दै शनिबार पक्राउ गरेको थियो ।

आइतबार जिल्ला अदालतले उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । यो बीचमा प्रहरीले यसै मुद्दामा अन्य चार जनालाई समेत पक्राउ गरेको थियो । उनीहरुलाई समेत हाजिर जमानीमा छोडिएको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेस चार करोड ३५ लाख १८ हजार घाटामा

काठमाडौं । सत्तारुढ मुख्य दल नेपाली कांग्रेस चार करोड ३५ लाख १८ हजार घाटामा रहेको छ । शुक्रबार आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक सार्वजनिक गरेको हो ।

असार मसान्तसम्म कांग्रेसको खुद बाँकी बचत(घाटा) साधारण कोषमा सारेको कुल रकम चार करोड ३५ लाख १८ हजार ८२३ रुपैयाँ ८४ पैसा रहेको देखाएको छ । गतवर्ष तीन करोड ८४ हजार १३५ रुपैयाँ ८८ पैसा घाटामा रहेको थियो ।

असार मसान्तसम्म कांग्रेसको आम्दानी कुल तीन करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ २९ पैसा रहेको छ । कुल आम्दानीमध्ये ५७ लाख ६० हजार ८०० लेभी, सदस्यता र नवीकरण शुल्क बापत उठेको जनाएको छ । चन्दा र सहयोग २ करोड ६५ लाख ६४ हजार ५७ रुपैयाँ रहेको छ । प्रकाशन बिक्री ९४ हजार ६५० रहेको छ । सम्पत्ति बिक्री÷लिलाम २ लाख २५ हजार छ । लगानीको आय ३८ लाख ३१ हजार २७० रुपैयाँ २९ पैसा रहेको छ ।

गतवर्ष असार मसान्तसम्म कुल आम्दानी १४ करोड ८९ लाख ९४ हजार ८७ रुयैयाँ एक पैसा रहेको लेखा परीक्षणमा उल्लेख छ । कुल आम्दानीमध्ये सदस्यता, लेबी र नवीकरण शुल्क ७ करोड ४३ लाख तीन हजार ५०१ रुपैयाँ ४२ पैसा रहेको छ । चन्दा सहयोग ६ करोड ६८ लाख २४ हजार रहेको छ । प्रकाशन बिक्री ११ लाख ४९ हजार ४०० रहेको छ । लगानी आय ६७ लाख १७ हजार १८५ रुपैयाँ ५९ पैसा रहेको छ ।

खर्चतर्फ कुल ७ करोड ९९ लाख ९५ हजार १२१ रुपैयाँ १३ पैसा रहेको जनाएको छ । निर्वाचन तीन करोड ८८ लाख ५७ हजार ९९३ रहेको जनाएको छ । यस्तै कार्यालय सञ्चालन खर्च तीन करोड २२ लाख ५० हजार ४३२ रुपैयाँ ८ पैसा रहेको छ । भातृ सुगठनसम्बन्धी खर्च ४९ लाख ६० हजार रहेको छ । ह्रास तथा अपलेखन ३९ लाख २६ हजार ६९६ रुपैयाँ पाँच पैसा रहेको छ ।
गतवर्ष कुल खर्च १७ करोड ९० लाख ७८ हजार २२२ रुपैयाँ ८९ पैसा रहेको लेखा परीक्षणले देखाएको छ ।

सिफारिस