Date
मङ्ल, पुस १५, २०८२
Tue, December 30, 2025
घर ब्लग पृष्ठ 15

पर्साको बहुदरमाइस्थित एक विद्यालयमा आगलागी, ७ लाख बराबरको क्षति

पर्साको बहुदरमाइस्थित एक विद्यालयमा आगलागी, ७ लाख बराबरको क्षति

पर्साको बहुदरमाई नगरपालिकास्थित एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।

बहुदरमाई वडा नम्बर ५ पाँडे बरवा टोलमा रहेको श्री मनोकामना आधारभूत विद्यालयमा अज्ञात समूहले आगजनी गरेको विद्यालयका प्रधानाध्यापक देवचन प्रसाद यादवले जानकारी दिए ।

नारायणी अस्पतालमा स्थापित ओसीएमसीले ३९५ जनालाई दियो सेवा

नारायणी अस्पतालमा स्थापित ओसीएमसीले ३९५ जनालाई दियो सेवा

वीरगञ्जस्थित नारायणी अस्पतालमा स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले स्थापनायता ३९५ जनालाई सेवा प्रदान गरेको छ ।

०७८ पुसमा स्थापना भएको केन्द्रले विभिन्न लैंगिक हिंसामा परेका ३९५ जनालाई सेवा प्रदान गरेको हो ।

दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन

दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन

दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनको पूर्वतयारीसमेत गर्नुपर्ने भएकाले मंसिर १५ गते पुनः मतदान गराउने निर्णय भएको जानकारी दिए । उनले आजैदेखि निर्वाचनको तयारी थालिएको पनि बताए ।

सदनमा पाका नेताको पहिलो पाइला

सदनमा पाका नेताको पहिलो पाइला

चितवन — वाग्मती प्रदेशसभामा चितवनका ६ क्षेत्रबाट चुनिएकामध्ये दोहोरिने एक जना मात्रै छन् । पहिलो पटक प्रदेशसभामा पाइला राख्ने ५ मध्ये ३ जना राजनीतिमा तीन दशक गुजारेका अनुभवी व्यक्ति छन् । स्थानीय निकाय सञ्चालन गरेको अनुभव बटुलेका उनीहरू पहिलो पटकको प्रयासमै प्रदेशसभा सदस्य निर्वाचन जित्न सफल भएका हुन् ।

सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै

सोमबार राम-जानकी विवाह महोत्सव मनाइँदै

जनकपुर — साताव्यापी राम-जानकी विवाह महोत्सवको मुख्य आयोजन सोमबार हुने भए पनि श्रद्धालु आउने क्रम भने शनिबारदेखि नै सुरु भइसकेको छ । यात्रीहरूको भीडलाई ध्यानमा राखी जनकपुर रेल्वेले आइतबारदेखि अतिरिक्त सेवा सञ्चालन गरेको छ ।

विवाहोत्सवले भरिभराउ जनकपुर

विवाहोत्सवले भरिभराउ जनकपुर

जनकपुर — राम–जानकी विवाहोत्सव मनाउन आएका श्रद्धालुले जनकपुर भरिभराउ भएको छ । सोमबार हुने विवाहोत्सवमा सहभागी हुन देशभित्रै र भारतबाट श्रद्धालु आउने क्रम जारी छ ।

दिक्तेलको मानव अधिकार आयोगको कार्यालय नसार्न माग

दिक्तेलको मानव अधिकार आयोगको कार्यालय नसार्न माग

खोटाङ — दिक्तेलमा रहेको राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अन्यत्र सार्न लागिएको भन्दै ललितपुरको हरिहर भवनस्थित आयोगको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको अगुवाइमा आइतबार ज्ञापनपत्र बुझाइएको हो ।

एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

मोरङ — प्रदेश १ मा एमाले गठबन्धनको सरकार बन्ने संकेत देखिएको छ । दुई वटा क्षेत्र जितेको राप्रपाले समानुपातिकतर्फ मत बढाएसँगै एमाले गठबन्धन सबल देखिएको हो । यस प्रदेशस्थित ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ५० क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।

दमरोगबारे धेरै भ्रम छ, बिरामीले खानेकुरा बार्नु पर्दैन

दमरोगबारे धेरै भ्रम छ, बिरामीले खानेकुरा बार्नु पर्दैन

दम श्वासप्रश्वाससँग सम्बन्धित समस्या हो । दमलाई रोग भन्दा पनि एउटा लक्षणको रूपमा लिन सकिन्छ । श्वासप्रश्वासमा दीर्घकालीन समस्या आयो भने दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दमरोग) र ब्रोन्कियल आस्थामा (दम–खोकी) ।

श्वासनलीमा एलर्जी भएर सास फेर्न गाह्रो हुने अवस्थामा दम–खोकी अर्थात् ब्रोन्कियल आस्थामा भनिन्छ । यस्तो अवस्थामा श्वासनली साँघुरो हुने गर्छ । धुम्रपान गर्ने र धुँवा–धुलोमा लामो समय सम्पर्कमा आएका व्यक्तिमा भने कालान्तरमा सीओपीडी दम हुनसक्छ । यो धेरै मात्रामा देखिने दमको प्रकार हो ।

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकालाई छालाको एलर्जी, कारण अनेक

बालबालिकाको छाला निकै संवेदनशील हुन्छ । त्यसैले सानो लापरवाहीले पनि उनीहरूको छालामा समस्या निम्तिन सक्छ । एलर्जीको समस्या पनि धेरै बालबालिकालाई हुने गर्छ ।

बालबालिकालाई सबैभन्दा बढी देखिने छालाको समस्या ‘ऐटोपिक डर्माटाइटिस’ हो । यो समस्या भएका बालबालिकामा छाला सुक्खा हुने, चिलाउने, रातो हुने, छाला निस्किने जस्ता समस्या देखिने छाला तथा यौनरोग विशेषज्ञ डा. विकास पौडेल बताउँछन् ।

सिफारिस