Date
मङ्ल, पुस १५, २०८२
Tue, December 30, 2025
घर ब्लग पृष्ठ 14

डोनाल्ड ट्रम्प किन ट्वीटरमा फर्किँदैनन् ?

डोनाल्ड ट्रम्प किन ट्वीटरमा फर्किँदैनन् ?

डोनाल्ड ट्रम्पले ट्वीटर मन पराउँछन् । सन् २०१७ मा उनले ट्वीटर बिना आफू अमेरिकाको राष्ट्रपति नहुने बताएका थिए ।

उनले भनेका थिए , ‘ट्वीटर गज्जबको चिज हो मेरा लागि किनकी मैले यहाँ आफ्ना कुरा राख्न पाएको छु। यदि मैले आफ्ना कुराहरु राख्ने यस्तो इमान्दार माध्यम फेला नपारेको भए अहिले यहाँ तपाइँसँग राष्ट्रपतिको रुपमा बोलिरहन सम्भव हुँदैनथ्यो होला ।’

ट्वीटरमा इन्जिनियर बर्खास्त, ह्याकरलाई जागिर

ट्वीटरमा इन्जिनियर बर्खास्त, ह्याकरलाई जागिर

ट्वीटरका नयाँ मालिक एलन मस्कले हालै कम्पनीका करिब चार हजार कर्मचारीलाई जागिरबाट बर्खास्त गरिसकेका छन् । पुराना कर्मचारी हटाएसँगै मस्कले रिक्त स्थानमा नयाँ कर्मचारीहरु भटाभट भर्ना गर्ने अपेक्षा गरिएको छ ।

यसैक्रममा एलन मस्कले हालै जर्ज हट्ज नामका युवकलाई ट्वीटरमा जागिर दिएका छन् । ट्वीटर प्रवेश गरेका जर्ज तिनै युवा हुन् जो सन् २००७ मा आइफोन ह्याक गरेर चर्चामा आएका थिए । उनी नै पहिलो व्यक्ति हुन् जसले ह्याक गरेर आइफोन अनलक गरेका थिए ।

निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका कार्यकर्ता बागलुङको जैमिनीबाट पक्राउ

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन् ।

मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेल सहित १३ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधी ज्ञवालीले बताए ।

२९० दिन सदन चल्दा समेत एउटा मात्र कानुन संशोधन

नयाँ निर्वाचनपछि प्रतिनिधि सभाले बल्लतल्ल एउटा कानुन संशोधन गरेको छ।

२०७९ साल पुस २५ गतेदेखि सुरू भएको प्रतिनिधि सभाले एक वर्षको समय गुजार्नै लाग्दा बजेट पास गर्नुबाहेक मुस्किलले एउटा कानुनमात्रै संशोधन गर्न सकेको हो।

एक सय १० दिन चलेको प्रतिनिधि सभाको पहिलो अधिवेशनमा कुनै पनि कानुन बनेको थिएन।

त्यस्तै वैशाख २४ गतेदेखि सुरू भएको दोस्रो अधिवेशन १ सय ८० दिन चलेको थियो।

यसरी निर्वाचनपछि २९० दिन सदन चल्दा समेत एउटा मात्र कानुन संशोधन भएको हो।

यसबीचमा प्रतिनिधि सभाले जम्मा एउटा मिटरब्याज पीडितसँग सम्बन्धित मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक मात्र पारित गरेको हो।

सरकारले मिटरब्याज पीडितको आन्दोलनपछि ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न उक्त विधेयक राष्ट्रिय सभामा पेश गरेको थियो।

उक्त विधेयक समेत ६० दिनको संवैधानिक समयसीमा कटाएर पारित गरिएको थियो। प्रतिनिधि सभामा उत्पत्ति भएका कुनै पनि विधेयक अहिलेसम्म पारित भएको छैन।

राष्ट्रिय सभाले पहिलो अधिवेशनका दौरान पठाएका ८ वटामध्ये ७ वटा विधेयक अझै प्रतिनिधि सभाका समितिमा अल्झिएका छन्।

त्यस्तै, प्रतिनिधि सभाको पहिलो अधिवेशनमा दर्ता भएका ३ वटै विधेयक अहिलेसम्म समितिमा विचाराधीन छ।

दोस्रो अधिवेशनमा ८ वटा सरकारी र एउटा गैरसकारी विधेयक गरी ९ वटा दर्ता भएको थियो। जसमध्ये ३ वटा बजेटसँग सम्बन्धित विनियोजन विधेयक र त्यसका पूरक विधेयक थिए। ती पारित भइसकेका छन्।

तर त्यसबाहेकका ३ वटा विधेयक समितिमा पुगेका छन् भने २ वटा विधेयक संसद बैठकमा पेश मात्र भएका छन्। त्यसैगरी एउटा विधेयक दर्ता मात्रको स्थितिमा छ।

यसरी नयाँ निर्वाचनपछिको संसद कानुन निर्माणमा असफल जत्तिकै देखिएको छ। संसदको पहिलो अधिवेशन ११० दिन चल्दा सांसदको तलबभत्तादेखि संसद भवनको भाडा र सचिवालयको खर्च समेत जोड्दा ३५ करोडभन्दा बढी खर्च भएको थियो।

यसपटक संसदको अधिवेशन १८० दिन चलेको थियो। यस्तोमा सरकारले संसद सञ्चालनमा मात्र पनि ५० करोड खर्च गरेको अनुमान छ।

प्रतिनिधि सभाको बैठकमै राष्ट्रिय स्वतन्त्र पार्टीका दलका नेता रवि लामिछानेले तलब भत्तामा मात्र ६ महिनामा ६ करोड खर्च भएको तर कानुन नबनेको भन्दै संसदको प्रभावकारिताबारे प्रश्न उठाएका थिए।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विष्णु पौडेलले प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा संसद बन्द गरिएको तथा प्रतिपक्षीको माग पूरा गर्न ढिलाइ गरेका कारण सदन प्रभावकारी हुन नसकेको बताएका थिए। सत्तापक्षका सांसदहरुले भने हठ पूरा गराउन संसद अवरोध गरिएका कारण प्रभावकारी हुन नसकेको टिप्पणी गरेका थिए।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको चालू अधिवेशनमा पास नहुने

१५ कात्तिक, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको चालू अधिवेशनमा पास नहुने भएको छ ।

संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास गर्ने भन्दै सररकारले बजेट अधिवेशनलाई दशैं तिहारसम्म लम्ब्याएको थियो । तर दुबै विधेयक पास नगरी बिहीबार संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने तयारी छ । बिहीबारको बैठकमा शीर्ष नेताले सम्बोधन गरेर अधिवेशन अन्त्य गर्ने बारेमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल नै भएको छ ।

‘टीआरसी र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास गरेर मात्रै अधिवेशन अन्त्य गर्ने सरकारको चाहना हो’, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे भन्छन्, ‘तर टीआरसी संसदीय समितिमै छ ।

सम्पत्ति शुद्धीकरण हाउसमा आए पनि राष्ट्रिय सभाबाट पास गर्न समय लाग्छ । दुवै विधेयक अर्को अधिवेशनमा सर्ने भए ।’

सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट पारित भएर प्रतिनिधिसभा पेश भएको छ ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन छ । संसदीय उपसमितिले अधिकांश विषयमा सहमति जुटाएर विधेयकको प्रतिवेदन तयार पारेको भएपनि शीर्ष सहमति जुट्न बाँकी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान मात्र विपक्षी दलका नेता केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग दुई विधेयक अगाडि बढाउने विषयमा छलफल गरेका थिए ।

शीर्ष तहमा भएको छलफलले पनि तत्काल विधेयक अगाडि बढाउने संकेत नगरेको माओवादीमा मुख्य सचेतक पाण्डे बताउँछन् । ‘शीर्ष तहमा के भयो भन्ने मेरो जानकारीमा छैन’, पाण्डेले अनलाइनखबरसँग भने, ‘तर अधिवेशन अन्त्य हुने भएपछि अगाडि नबढाउनेमा कुरा मिलेकै भन्ने हो कि !’

नारायणी अस्पतालमा स्थापित ओसीएमसीले ३९५ जनालाई दियो सेवा

नारायणी अस्पतालमा स्थापित ओसीएमसीले ३९५ जनालाई दियो सेवा

वीरगञ्जस्थित नारायणी अस्पतालमा स्थापना गरिएको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)ले स्थापनायता ३९५ जनालाई सेवा प्रदान गरेको छ ।

०७८ पुसमा स्थापना भएको केन्द्रले विभिन्न लैंगिक हिंसामा परेका ३९५ जनालाई सेवा प्रदान गरेको हो ।

पर्साको बहुदरमाइस्थित एक विद्यालयमा आगलागी, ७ लाख बराबरको क्षति

पर्साको बहुदरमाइस्थित एक विद्यालयमा आगलागी, ७ लाख बराबरको क्षति

पर्साको बहुदरमाई नगरपालिकास्थित एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।

बहुदरमाई वडा नम्बर ५ पाँडे बरवा टोलमा रहेको श्री मनोकामना आधारभूत विद्यालयमा अज्ञात समूहले आगजनी गरेको विद्यालयका प्रधानाध्यापक देवचन प्रसाद यादवले जानकारी दिए ।

सिफारिस