Date
बुध, पुस १६, २०८२
Wed, December 31, 2025
घर ब्लग पृष्ठ 12

किसानलाई चाडबाडकोभन्दा खेती स्याहार्ने चटारो

ढोरपाटन । यहाँका किसानलाई धान भित्र्याउन चटारो परेको छ । उनीहरुलाई खेतभरि पहँेलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पिर समेत परेको छ । आकाशमा बादल मडारिँदा किसान चिन्तत हुन्छन् । यतिबेला पश्चिम बागलुङका किसानलाई दसैँ मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ । दसैँ र धान भित्र्याउने समय एकैपटक पर्दा किसानलाई चाडबाडकोभन्दा खेती स्याहार्ने चटारो बढी छ ।

गत असारमा लगाइएको धान असोज अन्तिम साता भित्र्याउने समय भए पनि निरन्तर वर्षा हुँदा खेतमै रहेको थियो । निसीखोला गाउँपालिका–४ का केशर पौडेलले अब वर्ष भए धानबालीमा ठूलो क्षति हुने जनाउँदै अहिले भित्र्याउन भ्याइनभ्याइ भएको बताए ।

गत असोज २९ गतेसम्म ठूलो वर्षा भएको हुँदा धान भित्र्याउन नसकिएको भन्दै केही दिनदेखि पानी नपरेको हुँदा खेताला लगाएर धान काट्ने र भित्र्याउनतर्फ लागेको बताए । आफूले मार्सी जातको धान लगाएको हुँदा छिटो पाकेको पौडेलले बताए ।

उनले भने, ‘यस वर्ष अलि ढिला आयो दसैँ, पोहोरपरार सालमा त यतिबेला तिहार आउँथ्यो, दसैँ सकेर धान भित्र्याउथ्यौँ, पानीले पनि त्यत्ति धेरै दुःख दिएको थिएन, अहिले त धान काट्ने बेला ठूलो वर्षा भयो, केही दिनुभयो पानी परेको छैन त्यही भएर धेरै किसान धान काट्ने र भित्र्याउनमा व्यस्त छन्, अब बारीमा गहुँ पनि छर्ने समय भयो, एकैपटक धेरै काम गर्नुपर्छ, यो समय कामकै चटारो हुने भएको हुँदा दसैँ पोहोरपरार सालको जस्तो फुर्सदिलो नहुने भयो ।’

अर्का किसान निमबहादुर क्षेत्रीले असोज दोस्रो साता धान काट्ने तयारी गरेको तर वर्षका कारण रोकिएको बताए । पानी बिदो (वर्षा रोकिनु) भएका बेला अर्मपर्म गरेर धान काट्न थालेको उनले बताए । धान काटेको दुई दिनमा छाट्ने र भित्र्याउने भएको हुँदा धेरै किसान यति बेला खेतमा व्यस्त भएको क्षेत्रीको भनाइ छ । यस वर्ष समयमै वर्ष भएको हुँदा धान पनि राम्रो उत्पादन भएको भन्दै समयमै नभित्र्याए असिनाले नोक्सान गरिदिन सक्ने उनी बताउँछन् ।

निसीखोला क्षेत्रमा अन्य ठाउँको तुलनामा छिटो रोपाइँ हुनेहुँदा धान पनि छिटो नै पाक्ने गर्छ । यहाँका किसानले मार्सी, जडन, जेठो बुढोलगायतका जातको धान लगाउने गर्दछन् । जडन जातको धान अलि ढिला पाक्ने किसानको भनाइ छ । बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ । कृषि ज्ञानकेन्द्र बागलुङका अनुसार गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ भएको छ । जिल्लामा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २० दशमलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ ।

बान्तवा कैलाशीको गद्य संग्रह ‘मित्याङ्सा’ लाई ‘विमल गुरुङ कृति पुरस्कार–२०७९’ संयुक्त रुपमा दिने निर्णय

धरान । गार्खाका कवि चन्द्र गूरुङको कविता कृति ‘जब एउटा मान्छे हराउछ’ र मिरिक दार्जिलिङ (भारत) निबासी विजय बान्तवा कैलाशीको गद्य संग्रह ‘मित्याङ्सा’ लाई ‘विमल गुरुङ कृति पुरस्कार–२०७९’ संयुक्त रुपमा दिने निर्णय भएको छ । कवि विमल गुरुङ स्मृति पुस्तकालयले शनिबार फुलपातीको दिन पुरस्कार घोषणा गर्दै दुइ कृतिलाई संयुक्तरुपमा पुरस्कार प्रदान गरिने जानकारी दिएको हो । पुस्तकालयका तर्फबाट राज माङलाकले चन्द्र गुरुङको कविता कृति ‘जव एउटा मान्छे हराउछ’ नेपाली साहित्यमा शालिन शैलीमा व्यक्त जीवनका शाश्वत मुल्यको खोजी गरिएका कविताहरुको संग्रह भएको जनाउदै पुरस्कार योग्य भएको ठहर गरेको बताए ।

GCI COLLEGE

यसैगरी मिरिक निवासी विजय बान्तवा कैलाशीको कृति ‘मित्याङ्सा’ दार्जिलिङ क्षेत्रमा नेपाली भाषी गोर्खालीहरुले भोग्दै आएको भौगोलिक, राजनितिक, आर्थिक, सामाजिक, सांस्कृतिक आन्दोलनको आरोह–अवरोहलाई सुन्दर शैलीमा पस्किएको गद्य कृति भएकाले पुस्तकालयले ०७९ को विमल कृति दुवै जनाको कृतिलाई प्रदान गर्ने निर्णय गरिएको माङलाकले बताए ।

Laxmi sunrise bank

पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णवहादुर गुरुङले विमल कृति पुरस्कारकालागि आव्हान गरेअनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक/साहित्यकार/सर्जकहरुबाट  १०१ कृति प्राप्त भएका मध्ये पहिलो चरणमा श्रेष्ठ २१ ओटा कृति छनौट गरिएको र साही मध्येबाट उत्कृष्ट दुइ कृति पुरस्कारका निम्ति चयन गरिएको बताए ।

Shivam Cement

उक्त पुरस्कार कात्तिक १९ गते आयोजना हुने ३२ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५२ औं जन्मजयन्तीको अवसरमा नगद राशी दुइलाख रुपैया, ताम्रपत्र र दोसल्लासहित प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।

बागलुङमा विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने

गण्डकी । बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार आयुर्वेद अस्पतालको शनिबार शिलान्यास गर्नुहुँदै अस्पतालको भवनको पहिलो तला निर्माणका लागि रु ३८ लाख सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने जानकारी दिए ।

‘अस्पतालको भवनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तोकेको मापदण्ड छ, सोहीअनुसार पहिलो तलाका लागि चाहिने बजेट यही वर्ष हामी उपलब्ध गराउँछौँ’, उनले भने, ‘पूर्वाधारसँगै अस्पतालको सेवा सञ्चालनमा सरकारको सहयोग रहन्छ ।’

मन्त्री बस्नेतले नेपालमा आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्नेमा जोड दिए । ‘हामीसँग अथाह जडीबुटी छ, पछिल्लो समय विकास भइरहेको खर्चिलो उपचारको सट्टा आयुर्वेद पद्धतिको विकास गर्न आवश्यक छ’, मन्त्री बस्नेत भने, ‘आयुर्वेदको विकासका लागि सरकारले जे–जति गर्नुपथ्र्यो अझै हुन सकिरहेको छैन ।’

उनले पञ्चकोटमा आयोजित श्री विश्वशान्ति गण्डकी महाशभाको २२औँ शृङ्खलाको शुभारम्भसमेत गरेका थिए । सो अवसरमा मन्त्रीसमक्ष आगामी फागुनमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० बारे जानकारी गराइएको पञ्चकोट विकास समितिका सचिव नारायण आचार्यले जानकारी दिए ।

दसैँमा राजधानीका अस्पतालले यसरी दिँदैछन् सेवा – माया श्रेष्ठ

काठमाडौँ । दसैँ हिन्दूहरूको महान् चाड हो । यो चाड धनीले मात्र होइन गरिबले पनि ऋणधनको जोहो गरेर मीठो मसिनो खाने चलन छ । यस्ता चाडपर्वमा लुवाइखुवाइमा मानिसले देखासिकी पनि गर्छन् । तर स्वास्थ्यमा भने ध्यान पुर्‍याउँदैनन् । त्यसैले धेरै मानिसको स्वास्थ्यमा समस्या आउने चिकित्सकहरू बताउँछन् ।

दसैँमा मासु र चिल्लोचापुल्लोको बढी उभोग हुन्छ । यस्ता चिल्लो, पिरो र मसलेदार खाने कुरा बढी भयो भने पाचन प्रक्रियामा असर गर्छ । त्यसैले खानपिनमा ध्यान दिइएन भने बिरामी हुने खतरा रहेको चिकित्सकहरूले सचेत हुन आग्रह गरेका छन् ।
GCI COLLEGE

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार दसैँको समयमा खानपानमा ध्यान नदिँदा फुड पोइजनिङ, पखाला, बान्ता, हैजा, अपच, ग्यास्ट्रिक जस्ता स्वास्थ्य समस्या आउन सक्छन् । यस्तै यस पटक मानिसलाई मात्रै दसैँ नलागेर लामखुट्टेलाई पनि दसैँ लागेको उनी सुनाउँछन् ।

Laxmi sunrise bank

उनी भन्छन्, ‘काठमाडौँमा डेङ्गु फैलिरहेको छ । अहिले धेरै मानिस दसैँ मनाउन उपत्यका छाडेर गृहजिल्लामा पुग्नु भएको छ । यहाँबाट जानेहरू र सङ्क्रमण बढी फैलिएको जिल्लाबाट दसैँ मनाएर काठमाडौँ फर्किनेबाट र काठमाडौँदेखि गाउँ र गाउँदेखि सहरसम्म डेङ्गु सङ्क्रमणको त्रास बढेको छ ।’

Shivam Cement

त्यस्तै सिभिल अस्पतालका निर्देशक डा. विधाननिधि पौडेल दसैँलाई खानपान अर्थात् मासु खाने पर्वका रूपमा लिइने भएकाले खानपानमा ध्यान नदिँदा रोग नलागेकालाई रोग लाग्ने, रोग लागेकालाई अझ च्याप्ने बताउँछन् ।

बढी मात्रामा मासु, माद्यपान, अन्य चिल्लो, पिरो, मसलेदार खानपानका कारण युरिक एसिड, रक्तचाप, मुटु, मिर्गौला, झाडाबान्ता, ग्यास्ट्रिकका बिरामी बढ्छन्, त्यसैले सचेत हुनुपर्ने डा. पौडेल सुनाउँछन् ।

दसैँ अवधिभर सार्वजनिक बिदा रहेको छ। स्वास्थ्य संस्था खुला भए पनि जनशक्ति तुलनात्मक रूपमा कम हुन्छन् । तर सबै खुला हुने राजधानीका मुख्य अस्पतालहरूले दसैँका बेला फूलपातीदेखि एकादशीसम्म बहिरङ्ग सेवा तथा आकस्मिक सेवा कसरी दिइरहेका छन् ? पर्वका समयमा कस्ता बिरामी अस्पतालमा उपचार गर्न पुग्छन् ? ओपीडी र आकस्मिक सेवा कसरी सञ्चालन हुन्छ भनेर काठमाडौँका केही अस्पतालसँग कुरा गरेका छौँ ।

राष्ट्रिय ट्रमा सेन्टर 
राष्ट्रिय ट्रमा सेन्टरले दसैँको समयमा आकस्मिक सेवा नियमित सञ्चालन गरेको बताएको छ ।
ट्रमा सेन्टरमा धेरैजसो बिरामी आकस्मिक सेवाका लागि आउने भएकाले निरन्तर रूपमा आकस्मिक सेवा दिइएको सेन्टरका प्रशासन शाखा प्रमुख नवराज गौतमले बताए ।

‘यहाँ ओपीडी सेवा लिन कम बिरामी आउँछन्, आकस्मिक सेवा लिन बढी आउने भएकाले दसैँमा आकस्मिक सेवा निरन्तर सञ्चालन हुन्छ,’ उनले भने, ।
यस्तै दसैँ बिदामा इमर्जेन्सीको ओटी पनि खुला रहेको प्रमुख गौतमले बताए ।

इमर्जेन्सीमा आउने बिरामीको प्रायः जीवनको सुरक्षासँग सम्बन्धित हुने भएकाले यस्ता पर्वका समयमा झन् ट्रमा सेन्टर अलर्ट भएर बस्ने उनले बताए ।

‘तत्काल जीवन जोगाउनुपर्ने भएकाले इमर्जेन्सी ओटी गर्नुपर्ने केसका लागि पनि तत्काल ओटी सेवा सञ्चालन गरिन्छ,’ गौतमले थपे ।

यस्ता चाडपर्वमा अन्य समयमा भन्दा धेरै दुर्घटना हुन्छन् । त्यसैले अन्य अस्पतालभन्दा ट्रमा सेन्टर चनाखो भएर बस्नुपर्ने भएकाले निरन्तर बिरामीको उपचारमा लागिने उनले बताए ।

सिभिल अस्पताल 
मीनभवनस्थित सिभिल अस्पतालले पनि दसैँ बिदाको समयमा आकस्मिक सेवा नियमित रूपमा सञ्चालन गरेको छ ।
अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले सप्तमीदेखि दशमीसम्म ओपीडी सेवा बन्द रहेको बताए । तर, आकस्मिक सेवा र इन्डोर सेवा खुला रहेको उनको भनाइ थियो ।

अहिले अस्पतालमा डेङ्गुका बिरामी बढेकाले दसैँ अवधिमा अझ बढ्न सक्ने उनले बताए । उनले भने, ‘अहिले अस्पतालमा ४० जना डेङ्गुका बिरामी छन् । डेङ्गु सङ्क्रमणको मौसम भएकाले अझै बिरामी बढ्न सक्छन् ।’

दसैँमा बढी मात्रा चिल्ला, पिरो, मसलादार खानेकुरा र माछा मासु, रक्सी खाएर झाडापखाला, बान्ता भई अस्पतालमा बिरामी बढी हुने भएकाले सोही अनुसार अस्पतालमा जनशक्ति व्यवस्थापन गरिएको निर्देशक डा. पौडेलले सुनाए ।

‘मानिसहरु मादक पदार्थ सेवन गरी कुटपिट गरी चोटपटकको उपचार गर्न आउँछन् । त्यस्तै बाटो खाली हुने भएकाले सवारी तीव्र गतिमा सवारी कुदाउँदा दुर्घटना हुन्छ र उपचारका लागि आउने बिरामी पनि बढ्ने भएकाले सोही अनुसार जनशक्ति व्यवस्थापन गरिएको छ,’ उनले भने ।

पाटन अस्पताल 
पाटन अस्पतालमा दसैँ बिदा अवधिमा आकस्मिक सेवा २४ घण्टा खुला रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. रवि शाक्य अस्पताल सप्तमी अर्थात् फूलपातीदेखि पाँच दिनसम्म ओपीडी सेवा बन्द रहने बताउँछन् ।

यद्यपि यस अवधिमा भर्ना भएका बिरामीको उपचारमा भने निरन्तर खटिने उनले बताए । दसैँ र तिहार मनाउन डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीको ड्युटी विभाजन गरिएको उनले बताए । त्यसैले आकस्मिक सेवा र भर्ना भएका बिरामीको उपचारका लागि स्वास्थ्यकर्मी निरन्तर खटिने उनले बताए ।

यो समय सडकमा ट्राफिक जाँच कम हुने हुँदा रक्सी सेवन गरी सवारी चलाउँदा दुर्घटना बढ्छ । त्यस्तै मीठो मसिनो खाने भनेर चिल्लो, पिरो, अमिलो, माछा, मासु र रक्सी बढी मात्रा खाँदा धेरै बिरामी भएर अस्पताल आउने उनले बताए ।

त्रिवि शिक्षण अस्पताल (टिचिङ)
त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले शुक्रबारसम्म अस्पतालबाट दिइने सम्पूर्ण सेवाहरू निरन्तर दियो । अस्पतालका उपनिर्देशक तथा छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार आज फूलपातीदेखि एकादशीसम्म भने ओपीडी सेवा बन्द रहने भएको छ ।

यस समयमा ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा भने २४ घण्टा खुला रहेको उनको भनाइ छ । यस्तै अस्पतालमा भर्ना भएका बिरामीको उपचार सेवा निरन्तर हुने उनको भनाइ छ । त्यसपछि द्वादशीदेखि सबै सेवा सञ्चालन हुने उनको भनाइ छ ।

काठमाडौँ बाहिर दसैँ मनाउन जाने डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीले दसैँ र तिहारमा आलोपालो गरी बिदाको व्यवस्था मिलाइएको उनले सुनाए ।

वीर अस्पताल

केन्द्रीय अस्पताल वीर अस्पतालमा दसैँमा पनि आकस्मिक सेवा खुला रहेको छ । आकस्मिक सेवा लिन आउने बिरामीका लागि चिकित्सक, स्वास्थ्यकर्मी निरन्तर खटिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । दसैँका बेला देखिन सक्ने रोग र हाल देखिरहेको डेङ्गुका बिरामीको चापलाई ध्यान दिई स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको उनले सुनाए ।

वार्ड र आकस्मिक कक्ष भने दसैँ बिदामा पनि निर्वाध रूपमा सञ्चालन गरिएको उनले बताए । तर ओपीडी सेवा भने फूलपातीदेखि दशमीसम्म बन्द रहने निर्णय भएको अस्पतालको भनाइ छ ।

गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्र
गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रमा पनि दसैँको बिदाको समयमा आकस्मिक सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले दसैँका चार दिनसम्म ओपीडी सेवा बन्द हुने बताए ।

यद्यपि आकस्मिकतर्फका बिरामीलाई भने निरन्तर सेवा दिइएको अस्पतालका निर्देशक अधिकारीले जानकारी दिए । ‘तत्काल गर्नुपर्ने शल्यक्रिया निरन्तर सञ्चालन हुन्छन् । साथै केही समयपछि गर्नुपर्ने शल्यक्रिया पालो अनुसार दसैँपछि गर्छौं,’ उनले भने ।

कान्ति बाल अस्पताल 
कान्ति बाल अस्पतालमा दसैँमा ओपीडी सेवा बन्द रहेको छ । यद्यपि आकस्मिकतर्फ २४ घण्टा सेवा सञ्चालन रहेको अस्पतालका निर्देशक डा. पङ्कज रायले बताए ।  आकस्मिक सेवा प्रदान गर्न कात्तिक ५ गतेदेखि ९ गतेसम्मको अवधिलाई जनशक्तिको व्यवस्थापन गरिसकिएको उनले बताए । अस्पतालमा आएका अन्य बिरामीलाई पनि आकस्मिक कक्षबाट सेवा प्रदान गरिने उनले सुनाए ।

रातोपाटीबाट

रियल मड्रिड पूर्व कप्तान सर्जियो रामोशको टोली सेभियासँग बराबरीमा

सेभिया । रियल मड्रिड पूर्व कप्तान सर्जियो रामोशको टोली सेभियासँग बराबरीमा रोकिएको छ । रियलका लागि १६ सिजनमा ६७१ खेल खेलेका रामोश यतिबेला आफ्नो बाल्यकालको क्लब सेभिया फर्किएका छन् ।

पेरिस सेन्ट जर्मेनमा दुई सिजन बिताएर ३७ वर्षीय रामोश यो सिजन सेभिया पुगेका हुन् । उनको टोलीले पूर्व क्लबविरुद्ध खेलको ७४ औँ मिनेटमा अग्रता लिएको थियो । डेभिड अलाबाले रियलका लागि आत्मघाती गोल गरेका थिए ।
GCI COLLEGE

तर, चार मिनेटपछि नै ड्यानी कार्भाहालले रियलका लागि बराबरी गोल फर्काए । यसअघि कार्भाहालले इभान र्‍याकिटिचको प्रहार गोल लाइनमा जोगाएका थिए ।

Laxmi sunrise bank

बराबरीका बावजुद रियल लिगको शीर्ष स्थानमा कायम छ । ९ खेलपछि रियलको २४ अंक छ भने दोस्रो स्थानमा रहेको जिरोनाको २२ अंक रहेको छ । २१ अंकसहित बार्सिलोना लिगको तेस्रो स्थानमा छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनबाट राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनबाट राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । असोज ३० गतेबाट जारी महाधिवेशनले शर्माको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिका साथै अष्ट्रेलियामा रहेको कम्पनी भेरोद्वारा फेस भेरिफिकेसन पद्धति प्रयोग गरी भएको अनलाइन मतदानका क्रममा गम्भीर त्रुटी देखिएपछि शर्मालाई सर्वसम्मतरुपमा २०२३–२५ का लागि अध्यक्षमा चयन गरिएको हो ।

नयाँ नेतृत्वका लागि महेशकुमार श्रेष्ठ, रविना थापा र डा.बद्री केसी चुनावी प्रतिस्पर्धामा थिए । असोज ३० गतेदेखि काठमाडौमा शुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विहीबार भएको भौतिक उपस्थितिमा साथै अनलाइन मतदानमा सिस्टम कब्जा गरेको भन्दै अध्यक्षका प्रतिस्पर्धी महेशकुमार श्रेष्ठ र आरके शर्माले मत परिणाम अस्वीकार गरेपछि निर्वाचन प्रक्रियालाई नयाँ ढंगले अघि बढाइएको थियो ।

उपाध्यक्षमा डा.केशव पौडेल, खगेन्द्र न्यौपाने, राज रेग्मी, नारायण आचार्य, सुनिल शाह, गङ्गाधर गौतम, गोबिन्द श्रेष्ठ (रोविन) चयन भएका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधान राई र युवा उपाध्यक्षमा अबदुल वासिद चयन गरिएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै महासचिबमा बुद्धि सागर सुवेदी सर्वसम्मत रुपले चयन भएका छन् ।

उपमहासचिवमा सोम सापकोटा, प्रबिन गुरुङ र प्रमोद सिटौला चयन भएका छन् भने सचिबमा कृष्ण गिरी, लोक दाहाल, दयानिधी सापकोटा, टन्क गैरे, केपी सिटौला, स्वतन्त्र प्रताप सिंह, मनोज गोर्खाली, भीम केसी कमल, राजेन्द्र पुडासैनी चयन भएका छन् । महिला सचिव बिमला सापकोटा चयन भएकी छन् ।

कोषाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गाना र सह कोषाध्यक्ष तिलक गैरे, कृष्णा तिमल्सिना, मोहम्मद मुस्तफा साथै महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा चयन भएका छन् ।

यस्तै, महिला संयोजकमा देविका केसी, युवा संयोजकमा रविन अधिकारी, क्षेत्रीय संयोजकतर्फ युरोपबाट चिन्तामणी सापकोटा, युरोपबाटै क्षेत्रीय उपसंयोजक शंकर डाँगी, भीमसेन थापा र रमेश काफ्लेको नाम सर्वसम्मत गरिएको छ । त्यस्तै मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल, मध्यपूर्व उप संयोजकमा रमेश श्रेष्ठ, माधव पौडेल, लाल पुन चयन गरिएको छ ।

यस्तै, डी बी क्षेत्रीको अध्यक्षतामा आनन्द बिष्ट, डा बलराम श्रेष्ठ, ओम शर्मा, बेद खरेल रहेको एक अध्यक्ष मण्डल गठन गरेको
छ । त्यस्तै दुर्गा आचार्यको संयोजकत्वमा विश्व बराल, नारायण थापा, शनि ओली, बिष्णु सुवेदी र पुष्प थापा सदस्य रहेको निर्वाचन समिति पनि गठन गरेको छ ।

नायक धिरेन शाक्य र अमिका क्षेत्री अभिनित म्यूजिक भिडियो ‘यो मिठो माया ‘ सार्वजनिक

लन्डन । नायक धिरेन शाक्य र अमिका क्षेत्री अभिनित म्यूजिक भिडियो ‘यो मिठो माया ‘ सार्वजनिक भएको छ । नायक शाक्यले सैयौंको संख्यामा नेपाली चलचित्र तथा म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

‘मन मनै त हो’ बोलको म्यूजिक भिडियोबाट डेब्यु गरेकी अमिकाले पनि बेलायतमा बसेर नेपाली गीत संगीतलाई माया गर्दै विभिन्न म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।
GCI COLLEGE

बेलायतको डोबर तथा केन्टको आसपासमा  छयांकन गरिएको रोमाञ्चक  म्यूजिक भिडियोमा बेलायत निवासी प्रभु गुरुङको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

Laxmi sunrise bank

उनको निर्देशनमा दर्जनौं नेपाली म्यूजिक भिडियो सार्वजनिक भइसकेका छन्। गीतमा नन्दु  गुरुङले आवाज दिएका छन् भने  देव  गुरुङले संगीत तथा रामप्रसाद  गुरुङको रहेको शब्द सृजना रहेको छ ।

Shivam Cement

यसैगरी गीतको म्यूजिक भिडियोमा सुमन श्रेष्ठको छयांकन तथा सम्पादन रहेको छ भने मेकअपमा पुष्पा गुरुङ रहेकी छन् । म्यूजिक भिडियोलाई पीपीएन प्रोडक्सनको युट्युब च्यानाम्मार्फत सार्वजनिक गरिएको छ ।

दशैंको बेला घर फर्किनेहरुको लर्को

४ कात्तिक, काठमाडौं । दशैंको बेला घर फर्किनेहरुको लर्को लागेको छ । नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो देखिन्छ ।

कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरको यात्रामा छन् । कोही भने अझैं सवारी साधनको खोजीमै छन् ।

सबैमा दशैंको उल्लास छ तर यात्रा सकस होला कि भन्ने चिन्ता पनि उतिकै छ । सडकका चोकचोकमा छन् घरसम्मको यात्रा तय गरेका यात्रुहरू । खाली छैनन् बसका सिटहरू । कलंकी चोक छोडेर बाहिरिरहेका छन् यात्रुले भरिभराउ

सवारी ।

आजदेखि सार्वजनिक बिदा पनि भएकोले घर फर्किनेहरूको भीडभाड छ ।

यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन् ।

प्रहरीले भीडभाडमा यात्रा गर्दा धनमाल चोरी हुनसक्ने जोखिम हुने भएकाले सजग रहन अनुरोध समेत गरेको छ ।

आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरीदै

५ कात्तिक, काठमाडौं । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ ।

आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । साथै दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानदेखि भीड लागेको छ ।

यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा, दाङको अम्बिकेश्वरी लगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।

आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्रअस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ ।

पशु बलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजा गर्ने गर्दछन् ।

महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा
गरिन्छ । कोरोना महामारीका कारण विसं २०७७ सालमा भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

५ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

सिफारिस