Date
शनि, अशोज ११, २०८२
Sat, September 27, 2025
घर ब्लग

मधुपर्क साहित्यिक पत्रिकाको बार्षिक उत्सवमा तीनजना साहित्यकार सम्मानित

जेठ ३१, काठमाडौं । हिजो शुक्रबार नेपालको पुरानो राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रको सहप्रकाशन मधुपर्क साहित्यिक पत्रिकाको ५८ औं बार्षिक कार्यक्रममा मधुपर्क सम्मान बाट पुराना र वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा कवि ज्ञान उदास, कथाकार ध्रुव सापकोटा र कवि कथाकार पद्मावती सिंह हुनुहुन्छ । उहाँ हरुले मधुपर्कको स्थापना कालदेखि नै मधुपर्कमा कथा, कविता छपाएर आफ्नो साहित्यिक यात्रा थालनी गर्नुभएको हो ।

उक्त कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिश्वमणी सुवेदी, प्राडा कृष्ण गौतम र प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा।राजेन्द्र बिमलले सम्मानित स्रस्टाको बारेमा र मधुपर्कको साहित्यिक योगदानका बारे चर्चा गर्नुभएको थियो । सम्मानित स्रस्टा, प्रमुख र बिशिस्ट अतिथि सबैले मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले विभिन्न बिशेशाङक निकालेर मधुपर्कलाई अझ उचाइमा पुर्‍याउने काम गरेकोमा खुलेर प्रसंशा गर्दै धन्यवाद दिनुभएको थियो । सम्पादक वाग्ले कार्यक्रमको अध्यक्ष र कार्यक्रम सञ्चालन सहसम्पादक लक्ष्मी उप्रेतीले गर्नुभएको कार्यक्रममा साहित्यकारको उल्लेख्य उपस्तिथि रहेको थियो ।

०८४ को चुनावअगावै नेताहरु जेल पुग्ने सम्भावना, तर अझै पनि जनता र सञ्चारकर्मीलाई भ्रममा पार्दै

-रुषा थापा
२०८४ सालको चुनावमा मुलुककै पहिलो पार्टी बन्ने लक्ष्यसहित केही वर्षअघि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देश दौडाहमा निस्कियो । तर, अहिले लामिछाने सहकारी ठगीको आरोपमा जेलमा छन् । एमाले पनि ०८४ मा बहुमत ल्याउन देश दौडाहमा लागेको थियो ।

यद्यपि, काँग्रेससँग मिलेर सरकार गठन गरेपछि एमालेको देश दौहाडमा राकियो । वर्तमान सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । उनी सरकारबाट हट्नासाथ आफैंसमेत जेल जान सक्छन् । किनकि झापाको गिरिबन्धु टि स्टेट प्रकरण कसैबाट लुक्न सकेको छैन । यतिमात्र होइन, एमालेका ठूलाबडा जेल जानेछन् । सबैले सरकारी, सार्वजनिक, गुठी, ऐलानी जग्गा हड्पेका छन् । भ्रष्टाचार गरेका छन् । त्यसैले, पुराना फाइदा खोल्नासाथ जेलमा एमालेहरुको लर्को लाग्ने छ । अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चाँहि देश दौडाहमा छन् । ०८४ को निर्वाचनमा पहिलो पार्टी बन्ने उनको लक्ष्य छ ।

तर, ०८४ सम्म प्रचण्ड बाहिर रहन्छन् कि जेलभित्र ? अन्यौलता छ । जनयुद्धको नाममा १७ हजार जनताको बलि चढाउने उनी पनि छिट्टै कानूनी दायरामा आउने बताउन थालिएको छ । रौतहटको गौरमा साढे दुई दर्जन मारिएको घटनामा जसपा अध्यक्ष उपेन्द्र यादव पनि जेल जान सक्नेछन् । टिकापुर हत्याकाण्डमा राष्ट्रपतिबाट आममाफी पाएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी छुटेपनि सोविरुद्ध अदालतमा परेको मुद्दा विचाराधीन छ । अदालतले उनको आममाफी खारेज गरेर फेरि जन्मकैदकै सजायलाई सदर गरिदिने सम्भावना बलियो छ । किनकि केही वर्षअघि मात्र सर्वोच्चले जन्मकैदको सजायमा राष्ट्रपतिबाटै आममाफी पाएर छुटेका काँग्रेसमा आबद्ध रिगलको समेत आममाफी खारेज गर्दै जन्मकैदको सजाय सदर गरिदिएको थियो ।

यतिमात्र होइन, माओवादी सांसद अग्नि सापकोटाविरुद्धको अपहरण तथा हत्या मुद्दा डेढ दशकअघि मन्त्रिपरिषद्ले तामेलीमा राखेकोमा अहिले सर्वोच्चले सुनुवाई गर्दै उनीमाथि अनुसन्धान गर्न आदेश दिइसकेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पनि सर्प प्रकरण तथा सरकारी, सार्वजनिक जग्गा व्यक्तिको नाममा लगेको कसुरमा जेल जान सक्नेछन् ।
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । यो त शुरुवात मात्रै हो । किनकि उनले प्रधानमन्त्री हुँदा व्यक्तिगत लाभका लागि राज्यलाई हानी पुर्याउने थुप्रा निर्णय गरेका थिए । ललिता निवास जग्गा प्रकरणदेखि अन्य विभिन्न ठाउँको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कार्यमा उनको संलग्नता भेटिन्छ ।

माधवसँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि जेल जानसक्ने सम्भावना अधिक छ । ललिता निवास प्रकरणमा उनको पनि सलंग्नता रहेको छर्लंग छ । थानकोटाको मातातीर्थको हजारौं रोपनी सरकारी जग्गासमेत उनले व्यक्तिको नाममा दर्ता गराएको आरोप छ । पूर्वप्रम एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र पत्नी डा.आरजु राणा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जान सक्छन् । उनीहरुसँगै काँग्रेसका धेरै नेताहरु यो प्रकरणमा जेल जान सक्छन् । यतिमात्र होइन, सहकारी ठगीमा काँग्रेसका सांसद तथा नेताहरुको संलग्नता देखिन्छ । उनीहरु जुनसुकै बेलासमेत पक्राउ गर्न सक्नेछन् । भक्तपुर क्षेत्र नम्बर १ र २ का सम्पूर्ण सरकारी, सार्वजनिक, ऐलानी, गुठीका जग्गा मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र सांसद प्रेम सुवालसहितको मिलेमतोमा कार्यकर्ताहरुको नाममा लगिएको छ ।

०२८ सालमा गरिएको नापीका क्रममा सल्लाघारी, आर्मी ब्यारेक, दुवाकोट र सिर्जनानगरको जग्गा ऐलानी भनिएकोमा मजदुरका कार्यकर्ताहरुले कब्जा गरेर ठूल्ठूला घर बनाएका छन् । यसमा सहयोग गर्ने चाँहि बिजुक्छेँ र सुवाल हुन् । भक्तपुरमा जतिपनि सरकारी, सार्वजनिक जग्गा थिए, ती यिनीहरुकै मिलीजुलीमा व्यक्तिको नाममा लगिएको छ । अख्तियारले छानबिन गर्नासाथ बिजुक्छेँ र सुवाल यो प्रकरणमा जेल जाने निश्चित छ । हरेक राजनीतिक दलका नेतृत्व र नेताहरु कुनै न कुनै प्रकरणमा वा अनैतिक गतिविधिमा मुछिएका छन् । केही गरी उनीहरुमाथि अनुसन्धान भएपनि जेल जाने पक्का छ । अनि नेताहरु जेल भएपछि ०८४ सालमा निर्वाचन कसरी हुन्छ त ? अहिले बजारमा ०८४ सालमा चुनाव हुँदैन भन्ने हल्ला चलेको छ । जनता भन्छन्, ‘चुनाव भएपनि यस्ता ठग, शोषकहरुलाई भोट दिनुहुन्न ।’ दलहरुले नै देशको भूभाग छिमेकीलाई बेचे । आफ्नो स्वार्थ पूरा गर्न नेपालको थुप्रै भूभाग नेताहरुले नै भारत र चीनलाई बेचे । अहिले जनताले पनि यो राम्ररी बुझेका छन् । यतिमात्र नभई देशै धितो राखेर विदेशीबाट २७ खर्ब ऋण ल्याएका छन् । ऋणमा मोजमस्ती गर्ने नेता, अनि आर्थिक भार थपिने चाँहि जनतामा ! देश ऋणैऋणमा छ । निर्माण व्यवसायीको ४५ अर्ब, दुध तथा उखु किसानको सात अर्ब र कोरोना बीमाको २४ अर्ब भुक्तानी दिन बाँकी छ । यद्यपि, यो तिर्न सरकारसँग पैसा छैन ।

राज्य कंगाल बनेको छ । ढुकुटी रित्तो भएको छ । अहिलेसम्म त विदेशीसँग ऋण लिएर सरकारले देश चलाइरहेको छ । अनि विदेशीले पनि ऋण दिन छोडेपछि सरकारले के गर्छ ? कसरी खर्च धान्छ ? किनकि मुलुकभित्र त अब राजस्व उठ्ने कुनै छाँटाकाँट देखिँदैन । अब जनता र सञ्चारमाध्यमले एउटा कुरा राम्ररी बुझ्नुपर्छ कि नेताहरुले अझै देश विकास गर्छु भन्नु भ्रम मात्र हो । नेताहरुले देश विकास गर्ने होइन, देश सिध्याइसकेका छन् । यदि विदेशीको २७ खर्ब ऋण नतिरेमा नेपालमाथि विदेशीले कब्जा गर्नेछन् । अहिले नै मुलुकमाथि विदेशी हस्तक्षेप बढ्दै गएको छ । नेपाल संकटमा परिसक्यो । र, देशलाई यो अवस्थामा पुर्याउने यी दल र नेताहरु नै हुन् । त्यसैले, अझै पनि नेताहरुको झुटा भाषणमा जनताले ताली पिट्ने हो भने त्योभन्दा मुर्खता अरु केही हुन सक्दैन ।

सञ्चारमाध्यमहरुले पनि नेताहरुको हावादारी भाषणलाई प्राथमिकता दिने होइन । देशको वास्तविक अवस्था बाहिर ल्याउने हो । देश कुन अवस्था छ ? भनेर सञ्चारमाध्यमहरुले जनतालाई यथार्थ देखाइदिनुपर्छ । यसो गरिएमा जनताको आँखा खोलिने छ । नेताहरुको भ्रमको खेतीको अनत्य हुने छ । यदि सञ्चारमाध्यमले छिट्टै सत्यतथ्य बाहिर ल्याएमा देश जोगिन सक्छ । भनिन्छ, समय फर्किएर आउँदैन ।

सञ्चारमाध्यमहरुले अहिले नै जनतालाई सतर्क गराइदिए देश ठूलो दुर्घटनाबाट बच्न सक्छ । तर, दलको झोले बनेर बसेमा पछि केही पनि गर्न सकिँदैन । दल कि देश ठूलो ? अब जनता र सञ्चारकर्मीहरुले छुट्याउनुपर्छ । अनि मात्र देश जोगिन र देशमा केही हुन सक्नेछ ।

   उपसभापति खड्काका बेइमान सहयोगीहरु – मोतीराज बम 

 कुरा नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काकै हो । कर्णाली प्रदेशको कर्णाली अञ्चलमा पैठ ( देउताको पर्व ) आउँनु केही समय अगाडि देखि नै देउताका धामीडाङ्ग्रीहरु चोखोआखो हुने, अरुले छोएको नखाने, नुवाइधुवाइ गर्ने, पैठका सरसामाग्री जोड्ने गर्दछन् । समाजभन्दा अलग्गै उनको पहिचान बनेको हुन्छ । त्यस्तो समयमा कुनै धामीडाङ्ग्रीहरु यस्तो क्रियाकर्ममा देखिएनन् भने पक्कै त्यहाँ केही घटना भयो भनेर समाज शङ्का गर्दछ । शङ्का स्वभाबिक पनि हो । आफ्नो समयमा ताप्के तात्नै पर्दछ । पार्टीको १५ औं महाधिवेशन पनि काङ्ग्रेस नेता कार्यकर्ताका लागि महान पैठ हो । यो पैठमा धामी हुन खोज्नेहरु र फेरि हुन खोज्नेहरुले केही न केही लक्षण त देखाउनै पर्छ । घारमा मौरी आउँनु पूर्व जुन फरक मौरीहरुको चहलपहल देखिन्छ त्यस्तै नेताको घरमा पनि शुभचिन्तकको भिड्भाड लाग्नैपर्छ । तर उपसभापति पूर्णबहादुर खड्का यो तमासाबाट टाढै हुनुहुन्छ । भेट्न जानेहरूको भनाइ छ उहाँको  चासो नभएको पनि होइन र कुनै प्रतिक्रिया पनि छैन ।
         पार्टीको १४ औं महाधिवेशनमा गान्धीवादी नेता महेन्द्रनारायण निधि पुत्र बौद्धिक नेता बिमलेन्द्र निधि नजिक भएको आरोप लगाएर मलाई कालीकोट जिल्ला सभापति हुन रोकियो । मेरा विरुद्ध कनिष्ठ ब्यक्तिलाई उभ्याइयो । आफूले नै बिश्वास गरेका र भगवान् मानेका नेताबाट षड्यन्त्र हुँदा म निकै दुखित भएको थिएँ । यस्तो षड्यन्त्र मेरै जिल्लाका शकुनि मनोवृत्तिका मान्छेहरुबाट भएको हो । यति हुँदाहुँदै पनि म आफ्नो नेतासँग कुरा राख्नैपर्छ भन्ने ठानेर सुर्खेत उहाँको घरमा गएर कुरा राखेँ । लामो भनाभन पछि मलाई सहयोग हुने अवस्था रहेन भन्ने लाग्यो । अन्तिममा उहाँले भन्नुभो म देउवाको बिचार समूहमा छु तपाई जे मन लाग्छ गर्नु । देउवाको बिचार समूह भन्दा मलाई हाँसो लाग्यो । त्यो वाक्यको पछि विश्लेषण गरेँ मैले । ०५६ सालमा चुनाव जितेपछि टेलिभिजनको एक अन्तरबार्तामा किशुनजीले भन्नुभएको थियो -” यो सभासदको तलबले मलाई रक्सी खान पुग्छ ” । धेरैले किशुनजीको खिल्ली उडाए । कतिले बौलाहा पनि भने । तर यसको अर्थ ठूलो थियो । गहिरो र गम्भीर पनि थियो । सार्वजनिक पद धारण गरेका सबैले किशुनजी जस्तै मलाई मेरो तलबले खान पुग्छ, लाउन पुग्छ, छोराछोरी पढाउन पुग्छ भन्ने सेाँँच राखेर काम गरेको भए आज यसरी भ्रष्टाचार मौलाउने थिएन । अपराध बढ्ने थिएन । लोभीपापीहरुको विग्विगी हुने थिएन । त्यस्तै पूर्णबहादुर खड्काको त्यो भनाइमा पनि गम्भीर अर्थ लुकेको रहेछ पछि थाहा भयो । अहिले उहाँ जुन स्थानमा हुनुहुन्छ कर्णाली प्रदेशको लागि गर्वको कुरा हो ।
         ०५१ सालको उपनिर्वाचनमा किशुनजीलाइ खुल्लमखुल्ला अन्तरघात गरेर हराएको आफ्नै आँखाले देख्दा मलाई ठूलो पीडा भयो ।  त्यो दिनदेखि सुशील कोइरालासँग नजिक हुने कुनै चासो र इच्छा जागेन । तत्कालीन मध्यपश्चिमका प्रभावशाली नेताहरुमा सुशील कोइराला, खुमबहादुर खड्का र पूर्णबहादुर खड्का नै हुन् । म खुमबहादुर खड्कासँग नजिकिन पुगेँ । खुमबहादुर खड्काको देहावसान पछि मानिएका नेता पूर्णबहादुर खड्का हुन् । ईमान र अडानका धरोहर पूर्णबहादुर खड्का अहिले शक्तिशाली पदमा आसिन हुनुहुन्छ । उहाँ कतिसम्म आफ्नो प्रभाव राख्नुहुन्छ भन्ने एक उदाहरण यस्तो छ – निहित स्वार्थले निथ्रुक्क भिजेको एक ब्यक्ति खड्काको कटु आलोचना गर्दै डाक्टर शेखर कोइरालाकोमा केही पद माग्न पुग्छ । डाक्टर शेखर कोइरालाले उसको कुरा सुनेपछि बडो आदरपूर्वक भन्नुभो तपाईंको सम्बन्ध हाम्रो उपसभापति खड्काजीसँग कस्तो छ ? उहाँको इच्छा नभई मत केही गर्न सक्तिनँ । उ नाजवाफ फर्कियो । कोइरालाको सँस्कार र पार्टी पद्धति प्रतिको पवित्र एवं दृढ बिचार थियो त्यो ।  नेताले एकैपटक सबैको ब्यबस्थापन गर्न सक्दैनन् । धैर्य रहने बानी नभएकाहरु यसरी नै  तिल्मिलाउछन् र हराउँदै जान्छन् । त्यसकारण यो प्रष्ट हुन्छ कि कर्णाली प्रदेशमा पार्टीको भागबन्डामा जोसुकै परोस् पूर्णबहादुर खड्काको स्वीकृति बिना असम्भव छ । कसैलाई लाग्दोहोला म सभापतिको कोटाबाट परिहाल्छु । सभापतिले पनि यस प्रकारका मामिलामा रायसुझाब लिने खड्कासँगै हो ।
        कर्णाली प्रदेशमा खड्का असहमत एउटा समूह छ । त्यो समूह पनि संघर्षबाटै आएको हो ।  प्रजातन्त्रको लागि लगानी, कुर्बानी, त्याग, समर्पण  सब भएको समूह हो । तर कस्तो छ भने त्यो समूह सन्तुलन भन्दा संकुचनमा ब्याप्त छ । बिश्वास भन्दा अबिश्वास बढी गर्छ । काम भन्दा गफ र मैदान भन्दा कोठामा अधिक रमाउने गर्छ । जनता र कार्यकर्ताले नेताको उदार दिल, व्यापक छाती, प्रष्ट बिचार खोजेका हुन्छन् । बरु यो गुण खड्कामा भेटिएला त्यहाँ भेटिने कल्पना पनि गर्न सकिन्न । यस्तो प्रवृत्तिले न कार्यकर्ताको हित हुन्छ न जनताको हित हुन्छ । हुन्छ त केवल ब्यक्तिको मात्रै । श्रीमान् श्रीमती बिश्वासले चल्ने हो दुबै गलतै किन नहुन् । एकअर्काप्रति शङ्का रहेन भने घरपरिवार मज्जाले चल्छ । राजनीति पनि त्यही हो । कार्यकर्ताको बिश्वास नेताप्रति र नेताको बिश्वास कार्यकर्ताप्रति हुनैपर्छ संगठन चल्न ।
धोका दिनेले दिन्छन् त्यो अलग कुरा हो । बिश्वासले नै हो सारा चीज बन्ने । जब कार्यकर्ता र नेताको बीच अबिश्वासको पर्खाल लाग्छ अनि सब चीज भताभुङ्ग हुन्छ । बिश्वास एक उर्जा हो । धोका एक अपराध हो । उद्वेस्य एक नदी हो । नदीको बाटो रोक्ने धेरै प्रयत्न हुन्छन् तर अन्तमा नदीले सबै बाधाहरु समेत बगाएर आफ्नो बाटो तय गर्छ ।
         सिङ्गो जनमानसले उपसभापति पूर्णबहादुर खड्काको बारेमा यस्तो विश्लेषण गरेको छ – पूर्णबहादुर खड्का प्रष्ट हुन् पापिष्ट होइनन् । खरो हुन् खराब होइनन् । छुच्चो हुन् क्षुद्र होइनन् । लोभलालच, मायामोह, आशा, कुण्ठाबाट माथि उठेर केही गरौं भन्ने उच्च मनोकाङ्क्षाका साथ अगाडि बढेका नेता हुन् । उहाँको जुन स्थान छ त्यो आफ्नै बलबुता र कलाले प्राप्त गरेको हो । उहाँलाई पछाडिबाट पुस गर्ने आजका मितिसम्म कोही देखिएको छैन । उहाँले आफैं सक्रिय भएर बनाएको सहयोगी संरचना अहिले निकम्मा जस्तै छ । पूर्णबहादुर खड्कालाई बनाउँ भन्नेमा होइनकि बनेपछि खाउँ, हत्याउँ, लट्पट्याउँ भन्ने पक्षमा उहाँको सहयोगी समूह देखिन्छ । १४ औं महाधिवेशनमा उहाँको बफादारीपूर्ण सक्रियताले कर्णाली प्रदेशमा प्रदेश कार्यसमिति, कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य, प्रदेश माननीय, प्रदेश सरकारमा मन्त्री, राजदूत, विभिन्न आयोगमा नियुक्ति पाएको एक उहाँ निकट बलियो र बहुमत संरचना छ । यसै मध्यको एक प्रमुख हो प्रदेश सभापति ।  जुन लक्ष्यका साथ प्रदेश सभापति बनाउनुभो बनिसकेपछि उनले  खड्काको पक्षमा माहोल बनाउनुत के आफ्नै नाक काटेर संगठन कलङ्कित बनाइदिएकाछन् । सरासर यो बेइमानी हो । त्यसको अपजस पनि खड्काले नै लिनुपरेको छ । धुलोबाट टिपेर सिंहाशनमा राखेका केही ब्यक्ति कटु आलोचक बनेर ठाउँ कुठाउँ  चाहारी रहेकाछन् । अर्थ मन्त्रीको केटौली स्वभावले प्रदेश काङ्ग्रेसको नुर गिरिरहेको छ । यसरी उहाँले बनाएकाहरु आफ्नो हैसियत र गुन बिर्सेर खड्काकै खोइरो खनिरहेकाछन् । यस्तो बिकामको संरचना तयार गरेर खड्काको अगाडि बढ्ने बाटो अवरुद्ध पारिएको छ ।
उता ७ दाजुभाइको समूह, वरिष्ठ नेता डाक्टर शेखर कोइराला र महामन्त्री गगन थापाको संरचनागत समूह खुल्लमखुल्ला आ-आफ्ना नेतालाई काँधमा बोकेर हिडिरहेका छन् । कारण र एजेन्डा सहित सभापतिको उम्मेदवार बनाइरहेका छन् । तर १५ औं महाधिवेशनको माहोल तात्दा पनि उपसभापति खड्काका अवयबको रूपमा काम गर्नेहरू चुपचाप छन् । अथवा बोल्न डराइरहेका छन् कि आनाकानी गरिरहेका छन् ? यो बेइमानीकै पराकाष्ठा हो । साँच्चै कर्णालीले प्राप्त गरेको सानलाई जोगाउने हो भने र अँझ उचाइमा पुर्‍याउने हो भने खड्का निर्मित संरचना बोल्नैपर्छ । जागरुक हुनैपर्छ । जसरी शेखर – गगन र सात भाइका संरचनाहरु बोलिरहेका छन् । एउटा जीवन शाहीले मात्र कालीकोटको रास्कोटमा बोले । त्यो बाहेक उहाँका सबै सहयोगीहरु आफ्नै मोजमस्ती र रामरमितामा देखिन्छन् । यिनिहरुलाई लागेको होला खड्कालाई सभापतिको रूपमा नाम लिदा कतै शेरबहादुर देउवा तर्किने हुन्की ? देउवालाई बिधानले रोकिसकेको स्पष्ट नै छ । तापनि खड्कालाई सभापतिमा उभ्याउन केको डर ? हेक्का रहोस् साथमा खड्का मात्रै नभएको भए यिनिहरु मट्टिको मट्टिमै  हुन्थे । खड्काकै कारण पदीय दायित्वमा पुगेकाछन् । अन्तमा नुन बिर्सने घरिना र गुन बिर्सने मान्छेको भरमा कुनै सफलता हात लाग्दैन बरु धोका मिल्दछ ।
(लेखक : नेपाली काँग्रेस महासमिति सदस्य हुनुहुन्छ)
कदर न्यूजबाट

काठमाडौ भित्रिने प्रमुख नाका नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग वारवार

३ वैशाख, काठमाडौं । काठमाडौ भित्रिने प्रमुख नाका नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग आज छेडिएको छ । मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत साउन २२ गते नै छेडिएको थियो ।

मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने छ ।

यो सुरुङमार्ग प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सक्ने आयोजनाले जनाएको छ ।

करिब साढे ४ वर्षअघि काठमाडौंको बलम्बु र धादिङको सिस्ने खोला जोड्ने सुरुङ मार्ग निर्माण सुरु भएको थियो । मुख्य सुरुङ २.६८८ किलोमिटरको हुनेछ । मुख्य सुरुङ मार्ग छेडिन अब २ मिटर मात्रै बाँकी रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

आपतकालीन सुरुङ २.५५७ किलोमिटर लामो छ । मुख्य सुरुङमा भइपरी आउने समस्यामा उद्धार लगायतका काम गर्न भन्दै आपतकालीन सुरुङ निर्माण गरिएको हो । आपतकालीन सुरुङबाट मुख्य सुरुङमा आउजाउ गर्न मिल्ने ७ वटा ढोका छन् ।

यो सुरुङ मार्ग हाजमा आन्दो कर्पोरेसन जापानले बनाइरहेको छ । मुख्य सुरुङ ब्रेक थ्रु भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलान लगायतका काम हुनेछ ।

अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु

३ वैशाख, अछाम ।  अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना बोहरा र रमेश बोहराको छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउला समेत जलेपछि सोही आगोमा परी ती नाबालकको मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम काँग्रेस संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी रेशम चौधरी पक्षलाई समर्थन गर्ने निर्णय

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)काे रेशम चौधरी पक्षलाई समर्थन गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिमको कामचलाउ सरकारका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको बैठकले नाउपाका मुख्यमन्त्रीका उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक विक्रम धामीले नाउपाका लक्षमण किशोरलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी
दिए । सुदूरपश्चिम प्रदेशमा कांग्रेस–नेकपा एकीकृत समाजवादीको समर्थनमा लक्ष्मणकिशोरले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् । लक्ष्मणकिशोरलाई आइतबार नै समर्थन जनाएको कांग्रेसले सोमबार औपचारिक निर्णय गरेको हो ।

नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षले भने सुदूरपश्चिमको मुख्यमन्त्रीमा कैलाश चौधरीलाई अघि सारेको छ । कैलाशले पनि आइतबार नै एमाले–माओवादी र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

एउटै पार्टीबाट दुईजनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले कुनै निर्णय लिएका छैनन् । मियाँले यस विषयमा कानुनी परामर्श गर्ने र आवश्यक परेमा सांसदको सनाखत गर्ने तयारी गरेका छन् ।

निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान

काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान भएका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश दिएको हो ।

वैवाहिक बलात्कार मुद्दामा २०८० चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले उनलाई थुनामा राख्न आदेश गरेका थिए । सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् ।

पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार मुद्दा दायर गरेपछि उनी २०७९ चैत २८ मा पक्राउ परेका थिए । जेठी श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि गिरीले आरतीसँग २०७५ असारमा आरतीसँग कानुनी विवाह गरेका थिए ।

चैत्र २७ गते भएको राप्रपा आन्दोलनमा घाइते भएका एक जनाको उपचारकै क्रममा मृत्यु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा अश्रुग्यास प्रहारपछि श्वासप्रश्वासमा समस्या देखिएका एक जनाको निधन भएको छ।

राप्रपा बर्दिया मधुवन नगर कार्यसमिति अध्यक्ष ६५ वर्षीय ठाकुरप्रसाद डाँगीको निधन भएको प्रवक्ता मोहन श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

डाँगी राप्रपाले गत चैत २७ गते काठमाडौंमा गरेको प्रदर्शनमा सहभागी थिए। प्रवक्ता श्रेष्ठका अनुसार प्रदर्शनमा सहभागी उनलाई प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेको थियो।

‘प्रहरीले हानेको अश्रुग्यास लागेपछि उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उहाँको उपचार गरिएको थियो,’ श्रेष्ठले भने, ‘उपचारका क्रममा उहाँको सोमबार निधन भएको छ। अश्रुग्यास प्रहारपछि उहाँलाई श्वासप्रश्वास र टाउकोलगायतमा समस्या देखा परेको थियो, उहाँमा उच्च रक्तचाप पनि देखिएको थियो।’

डाँगीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार मध्याह्न १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने उनले बताए। सरकारले ४० बुँदे माग पूरा नगरेको भन्दै राप्रपाले चैत २७ गते भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले प्रदर्शनमा उत्रिएकाहरूमाथि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो। उक्त प्रदर्शनमा ३० जनाभन्दा बढी मानिस घाइते भएको राप्रपाले बताएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआइजी दीपक थापाले राप्रपाको चैत २७ को आन्दोलनमा राप्रपा र प्रहरीतर्फ गरी कूल १८ जना घाइते भएको विवरण रहेको बताए।

आमा ! सिम्फोनी धून – मोतीराज बम 

चिर्पटले हिर्काए पनि
सिर्कनाले पिटे पनि
रातै हुने गरि कान निमोठे पनि
अहँ ! दुख्दैन आमाको चोट ।
सत्तोसराप गरे पनि
धारे हात लगाए पनि
घरीघरी फतफताए पनि
अहँ ! बिझाउँदैन आमाको गाली ।
आमाले हप्काउँने भनेको त
मति नबिगृयोस् भनेर हो
गति नरोकियोस् भनेर हो
पूर्खाको इतिहास र
पिताको इज्जतमा दाग नलागोस् भनेर हो
नत्र, किन ! रिसाउँथिन् आमा ।
आमा सृष्टि हुन्
सृष्टि,कहिल्यै चिताउँदैन कसैको कुभलो ।
पहाड छिचोल्दै निस्किएको
चिसो पानीको मुल हुन् आमा
ढुंगा फोरेर उम्रीएको
हरियो पिपलको रुख हुन् आमा
अँध्यारो चिरेर उदाएको
नीलो आकाशको जून हुन् आमा
आफू निखृदै निखृदै अरुलाई उज्यालो दिने
पुरानो घरको दियालो हुन् आमा ।
कलिला ति नानीहरुका
कलेटी परेका ओठहरुमा “हाँसो”बनेर
भोकले चाउरिएका पेटहरुमा “फाँकाे”बनेर
ठिहीले कक्रक्क परेका शरीरहरुमा “न्यानो”बनेर
छिनछिनमा झुल्किरहने पनि
आमा नै हुन् ।
मैले आमालाई
भान्सामा/ जुठेल्नामा
बारीमा / खेतमा
मेलामा /जंगलमा
गोठमा /खर्कमा
पधेरिमा/ मझेरिमा
लेकमा / बेसिमा
मात्र देखेको छैन
हरेक मन्दिरको पहेंलो गजुरमा
आमाको आकृति सल्बलाएको देखेको छु
हिमालको शीर छोपेर सेतो पछ्यौरीले
देशको स्वाभिमान बचाएको देखेको छु
पहाडको टुप्पा, टुप्पामा
ढकमक्क फुलाएर लालीगुराँस
देशको पहिचान जीवन्त राखेको देखेको छु
पाउजु र चुराको तालमा छमछमी नाचेर
देशको संस्कृती जोगाएको देखेको छु
नदी बनेर अपनत्वको
दुबै किनारालाई आलिङगन गर्दै
उत्फुल्ल बगिरहेकि  देखेको छु ।
आमाको मुर्त आक्रोश र
अमुर्त प्रेमको गर्भाशयबाट
बुद्ध जन्मिन सक्छन् ?
जिसस जन्मिन सक्छन् ?
पैगम्बर जन्मिन सक्छन् ?
जन्मिन सक्छन् मार्क्स ?
जन्मिन सक्छन् गान्धी ?
जन्मिन सक्छन् बीपी ?
अँझ त्योभन्दा पनि अग्लो
जन्मिन सक्छ एउटा
संगीतको मिठो सिम्फोनी धून ।

सभापति शेरबहादुर देउवाले इलाम-२ र बझाङ-१ को प्रदेश सभा १ को उपनिर्वाचनका लागि डम्बरबहादुर खड्का र अभिषेक सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम-२ र बझाङ-१ को प्रदेश सभा १ को उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार प्रस्ताव गरेका छन्।

निवास बूढानीलकण्ठमा बुधबार बसेको संसदीय बोर्ड बैठकमा सभापति देउवाले इलाममा डम्बरबहादुर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन्।

इलाम कांग्रेस सभापति खड्का देउवानिकट हुन्। उनलाई उम्मेदवार बनाउने देउवाको प्रस्तावमा उपसभापति पूर्णबहादुर खड्काको पनि समर्थन छ। तर महामन्त्री गगन थापा लगायतले इलाम २ मा भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन्।

इलाम-२ का लागि ७ जनाको नाम सिफारिस भएकोले उनीहरूसहित बिहीबार बिहान ९ बजे बैठक बस्ने तयारी छ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले उम्मेदवार सिफारिस भएका सबैसँग छलफल गरेर सहमतिमै बिहीबार उम्मेदवार चयन गरिने बताए। बझाङ प्रदेश सभाका लागि देउवाले सिंहको नाम प्रस्ताव गरे पनि यो नाममा अरूले सहमति जनाएका छैनन्।

वडाध्यक्ष हारेकोले उनलाई उम्मेदवार दिन नहुने नेताहरूको मत छ। महामन्त्री थापा लगायतले बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन्।

बझाङबाट १० जनाको नाम सिफारिस भएको थियो। वैशाख १५ मा हुने उपनिर्वाचनका लागि यही चैत २४ गते मनोनयन दर्ताको कार्यक्रम छ।

सिफारिस