१५ कात्तिक, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदको चालू अधिवेशनमा पास नहुने भएको छ ।
संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास गर्ने भन्दै सररकारले बजेट अधिवेशनलाई दशैं तिहारसम्म लम्ब्याएको थियो । तर दुबै विधेयक पास नगरी बिहीबार संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने तयारी छ । बिहीबारको बैठकमा शीर्ष नेताले सम्बोधन गरेर अधिवेशन अन्त्य गर्ने बारेमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल नै भएको छ ।
सम्पत्ति शुद्धीकरण हाउसमा आए पनि राष्ट्रिय सभाबाट पास गर्न समय लाग्छ । दुवै विधेयक अर्को अधिवेशनमा सर्ने भए ।’
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक’ कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन छ । संसदीय उपसमितिले अधिकांश विषयमा सहमति जुटाएर विधेयकको प्रतिवेदन तयार पारेको भएपनि शीर्ष सहमति जुट्न बाँकी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान मात्र विपक्षी दलका नेता केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग दुई विधेयक अगाडि बढाउने विषयमा छलफल गरेका थिए ।
शीर्ष तहमा भएको छलफलले पनि तत्काल विधेयक अगाडि बढाउने संकेत नगरेको माओवादीमा मुख्य सचेतक पाण्डे बताउँछन् । ‘शीर्ष तहमा के भयो भन्ने मेरो जानकारीमा छैन’, पाण्डेले अनलाइनखबरसँग भने, ‘तर अधिवेशन अन्त्य हुने भएपछि अगाडि नबढाउनेमा कुरा मिलेकै भन्ने हो कि !’










