पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस अहिले एक ढिक्का रहेको बताएका छन् । पार्टीमा पहिलेजस्तो असन्तुष्टि र गुनासो नरहेको भन्दै उनले आएका छिटपुट गुनासा सम्बोधन हुने बताए । देउवाले संविधान कार्यान्वयनमा कांग्रेस अझै एकताबद्ध हुन जरुरी रहेको बताए ।
सङ्घीयताबारे आएका गुनासालाई स्वाभाविक लिएको उनको भनाई छ । ‘सङ्घीयता नयाँ हो । गुनासा आएका छन् । तर हामीले स्वाभाविक नै मानेका छौँ,’ उनी भन्छन्, ‘कार्यान्वयनमा शङ्का नगर्नुस् ।’ जिल्ला सम्मेलन मार्फत कांग्रेसले आगामी कार्यदिशा पत्ता लगाउने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1











